२०२४ का शीर्ष दस नेपाली पप गीतहरू

Music

पप संगीत एक ठूलो सांगीतिक विधा हो जसमा लोकप्रिय संगीतका लोक पप, पप रक, आर एन्ड बी जस्तो विभिन्न उपविधाहरू समावेश गर्दछ। हामीलाई २०२४ का शीर्ष १० पप गीतहरू छनोट गर्न त्येति सजिलो थिएन, तर हामीले सूचीलाई निष्पक्ष बनाउन गीतको लोकप्रियता, सङ्गीत, शब्द, गायन गुणस्तर र म्युजिक भिडियो जस्ता छनोटका मापदण्डहरू राखेका छौं। हामीले शीर्ष १० उत्कृष्ट लोकदोहोरी गीतहरू, नेपाली चलचित्रका गीतहरू र र्याप गीतहरूको छुट्टै सूची तयार गरेका छौं। यस सूचीमा भने तपाईंले २०२४ मा रिलिज भएका सबैभन्दा धेरै प्ले गरिएका र लोकप्रिय पप गीतहरू पाउनुहुनेछ।

१० ) “झिम झिमाउने आँखा” – एकदेव लिम्बु 

एकदेव लिम्बुको “झिम झिमाउने आँखा” यो लिस्टको सबै भन्दा रिसेन्ट गीत हो।  युट्युबमा रिलिज भएको दुई सातामै ७० लाखभन्दा बढी भ्युज भएको यो गीत सनसनीपूर्न बनेको छ ।

यो गीतको क्म्पोजिसन सुन्दर छ।  एकदेवको मधुर आवाज र गीतको उत्कृष्ट रचना तथा एरेन्जमेन्टले यसलाई अझै कर्णप्रिय बनाएको छ। संगीतको ताल र शब्दहरूको मेलले गीतलाई अझ रोमाञ्चक बनाएको छ। यसबाहेक, गीतको भिडियोको आकर्षक प्रस्तुतिले यो गीतलाई अझ स्मरणीय बनाएको छ। यो गीत उत्कृष्ट भए तापनि सूचीका अन्य गीतहरूसँगको प्रतिस्पर्धाका कारण हाम्रो सूचीमा नम्बर १० मा मात्र पर्न सफल भएको छ। 

९) “कसरी” – यबेश थापा

यवेश थापा युवा पुस्ता, विशेष गरी किशोरकिशोरीमाझ एक चर्चित नाम हो। आफ्नो करियरको सुरुवातमा राम्रो नाम कमाएमा यबेशले गत केहि बर्ष यता हिट गीत नदिएकोले उनका फ्यानहरू नयाँ हिटको लागि पर्खिरहेका थिए, र उनले यसलाई 2024 मा डेलिभर गरे। १४ फेब्रुअरी २०२४ मा रिलिज भएको यो गीतले छोटो समयमा नै ठूलो लोकप्रियता हासिल गरेको छ, जसले यूट्यूबमा ४.१ मिलियन भ्यूज पार गरेको छ। यसले केवल संख्या मात्र होइन, श्रोताहरूसँग यसको भावनात्मक सम्बन्धलाई पनि प्रतिविम्बित गर्दछ।

गीतको संगीतात्मक पक्षले यबेश थापाको बहुप्रतिभाको प्रदर्शन गरेको छ। उनले यो गीत लेख्नेदेखि उत्पादनसम्मको जिम्मा लिएका छन्। “तिमी नै भनिदेउ, कसरी फकाउँ म” जस्ता शब्दहरूले यसले किशोरकिशोरीको अनकही भावनाहरूलाई व्यक्त गर्न प्रयास गरेको देखिन्छ।

गीतको भिडियोले गीतलाई अझ सजीव बनाएको छ। “कसरी” इन्डी संगीत रुचाउने श्रोतामाझ एक सफल गीत बन्दै हाम्रो २०२४ का शीर्ष १० पप गीतहरूको लिस्टमा नवौं स्थानमा ओगट्न बन्न सफल भएको छ।

8) “भराेसा” द एलिमेन्ट्स 

द एलिमेन्ट्स को “भराेसा” हाम्रो सूचीको आठौं स्थानमा छ। अनौठो संगीत शैली र म्यूजिक भिडीयोले गर्दा यो गीतले धेरैको ध्यानाकर्षन गरेको छ। रकपप जन्रको यो गीतले ट्युबमा हजारौं भ्युज र श्रोताहरूका हृदयस्पर्शी टिप्पणीहरू पाएको छ।  मानिसहरूको विश्वास, आशा, र धैर्य जस्ता विषयहरूलाई समावेश गरेको यो गीतले श्रोताहरूलाई शान्त र प्रेरणादायी अनुभूति गराउँन सफल भएको छ। 

“भराेसा” को स्वर, संगीत रचनाले सुनाउने शैली निकै मनमोहक छ। गायकको आवाज कच्चा तर मार्मिक छ, जसले गीतको भावनालाई जीवन्त बनाउँछ। हाम्रो सूचीको आठौं स्थानमा भए पनि यसले आफ्नो गहिरो कथा र कलात्मक प्रस्तुतिले श्रोताहरूको मन जित्न सक्षम भएको छ।

७) वाङ्देन शेर्पा – ताढा टाढा

हाम्रो सूचीको नवौं स्थानमा रहेको “वाङ्देन शेर्पा को “टाढा टाढा” आफ्नो फरक सैलीको कारणले निकै चर्चामा आएको गीत हो। छोटो समयमै युट्युबमा राम्रै भ्यूज हासिल गर्दै श्रोताको मन जित्न सफल भएको यो गीतमा गायिका प्रजिनाको पनि आवाज छ।  वाङ्देन सगैं प्रजिनाको भोकल मेलोडीले पनि खुबै प्रशंसा पाएकि छिन्।

यो गीतको शब्द सरल छ, तर कम्पोजिशन र संयोजन प्रभावकारी भएकोले गीतको भावना झल्काउन महत्वपूर्ण भूमिका खेलेको छ। गीतको म्युजिक भिडियो कुनै फिल्म भन्दा कम छैन जँहा डकैतीको कथा प्रस्तुत गरेको छ। वाङ्देन शेर्पाको यो गीत हाम्रो लिस्टको ७ नम्बरमा।  

6) आँधी – बर्तिका इम राई

गहिरो सब्द, समसामयिक मामिलाहरु समेट्ले गीतलेखन र सुरिलो आवाजको साथ, बर्तिका इम राईले सन् २०१६ मा नेपाली पप उद्योगमा आँधीनै ल्याएकी थिइन । उनको “खै” “नजीक” “तरल” जस्ता गीतहरु युवापूस्तामा निकै रुचाइएका गीतहरु हुन। इन्डी क्षेत्रबाट आएर मुल्धारमा  सफल्ता पाउने केहि गायकगायिका मध्ये उनि एक हुन। 

उनले लगातार राम्रा गीतहरू त दिए तर सन् २०१५ मा पाएको जस्चातो उचाई भने हासिल गर्न सकेकी छैनन्।  तर उनका यो नयाँ गीतले भने राम्रो चर्चा कमाइरहेका छन्।  गीतको शब्दहरूले प्रेम, विछोड, र जीवनका उतारचढावलाई मार्मिक ढंगले चित्रण गरेका छन्। बर्तिकाको आवाजले गीतको भावनालाई अझ प्रगाढ बनाएको छ। यो गीतले धेरै श्रोताहरूलाई आफ्नै जीवनसँग जोडेर सुन्न बाध्य बनाएको छ।

यूटुबमा २ मिलियन भन्दा बढि भिउज भएको यो गीत हाम्रो 2024 को शीर्ष 10 पप गीतहरूको सूचीमा सातौं स्थानमा छ। 

५) नाम के हो”  – तृष्णा गुरुङ

तृष्णा गुरुङ पछिल्लो दशककी चर्चित गायिका हुन् । उनका गीतहरू सधैं मधुर र नेपाली परिवेशको भावनालाई समेत्ने गर्छन। र यो गीत त्यति फरक भने छैन। प्रेम र आत्म-खोजका भावनात्मक पक्षलाई उजागर गर्ने यो गीतको शब्दहरूले प्रेम र सम्बन्धहरूको पहिचानमा भएको द्वन्द्वलाई प्रस्तुत गर्दछ। 

यो “गीतमा तृष्णाको स्वर र संगीतको संयोजनले विशेष मिठास दिएको छ। युट्युबमा यस गीतले १४ मिलियन भिउजको साथ धेरै लोकप्रियता कमाएको छ, र श्रोताहरू यसको सरल धुनसँग राम्रो कनेक्सन बनाउन सफल भएका छन्। यो गीतको ​म्यूजिक भिडियोमा प्रेमको एक मायालु कथा प्रस्तुत गरिएको छ, जसले गीतको भावनालाई थप समृद्ध बनाएको छ। ​युवा पिढ़ीका श्रोताहरूमा विशेष स्थान बनाएको  तृष्णा गुरुङको यो गीत हाम्रो लिस्टको  पाँचौं स्थानमा। 

४) “पर्खन” – सुशान्त केसी ft. झुमा लिम्बु

सन् २०२४ मा नेपाली पप संगीत क्षेत्रमा धेरै राम्रा गीतहरू आए तर कमैले मात्र सुशान्त केसीको “पर्खन” जति पपुलारिटि पाए।  सुशान्त केसी अहिलेको समयमा पक्कै पनि नेपालको सबैभन्दा लोकप्रिय पपस्टार हुन् भन्दा फरक नपर्ला, र उन्को गरेक गीतले धेरै अटेन्सन पाउने गर्दछ।  

झुमा जुम्बा लिम्बूलाई फिचर गरिएको यो गीतले पनि विशेष चर्चा कमाएको छ। सुशान्त केसीको मनमोहक स्वर र सुमधुर धुनले श्रोताहरूको मन जितेको छ।  झुमा लिम्बुको स्वोरमा पश्चिमी भाकाको प्रयोगले गीतमा मीठास थपेको छ। गीतको शब्दहरू पनि निकै राम्रा छन्, जसले प्रेम र पर्खाइको भावनालाई किशोरहरूले बुझ्ने शब्दमा व्यक्त गरेका छन्।

तर यो गीत “मी एन्ड माई फ्रेन्डस” नामक गीतबाट नक्कल गरिएकोले विवादित पनि  बनेको थियो।तर, यसको बाबजुद पनि गीतको लोकप्रियतामा कुनै असर परेनन्।  YouTube मा 34 मिलियन भन्दा बढी भ्युज र सामाजिक मिडियामा सनसनी बनेको यो गीत आरामसँग हाम्रो सूचीको 4 नम्बरमा छ।

3) बादल सरी” SWAR र जॉन राई

स्वप्निल शर्मा र जोन चाम्लिङ राईको जोडीले हृदयदेखि प्रस्तुत गरेको यो गीत मित्रतामा आधारित छ । “बादल सारी” लाई यो वर्षको “Friendship Anthem” भन्न सकिन्छ जस्ले साँचो मित्रताको सार र यसको महत्वलाई समेट्ने प्रयास गरेको छ । बाल्यकालका सम्झनाहरू देखि उतार-चढावहरू – झगडा, दु:ख र आनन्द – यो गीतले तपाईंलाई एक पुरानो यात्रामा लैजान्छ, तपाईंलाई तपाईंको सबैभन्दा राम्रो मित्रताका सम्झनाहरू पुन: ताजा गर्न मद्दत गर्दछ।

हाम्रो सूचीको तेस्रो स्थान ओगटेको सफल यो गीतमा स्वप्निल जस्तो दिग्गज गायक र पछिल्लो समयमा रुचाइएका जोन चाम्लिन राईको संयोजन निकै सुहाएको छ।  गीतको लय सहज र मनमोहक छ, जसले शब्दहरूको अर्थलाई अझ प्रखर बनाउँछ। भिडियोले गीतको कथा भिजुअल रूपमा अझ बलियो बनाउँछ, र श्रोतालाई एउटा राम्रो अनुभव दिन सफल भएको छ। 

दुई फरक पुस्ताका दुई लोकप्रिय गायकलाई लिएर यस मधुर गीतले मित्रताको कथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । यस गीतमा लामो समयसम्म अविस्मरणीय गीत बन्न सक्ने सबै कुराहरू छन्, जसले गर्दा यो २०२४ को हाम्रा उत्कृष्ट पप गीतहरूको सूचीको शीर्ष ३ मा छ।

2) “छहरे सारी – दया तया (भगवान सरी)


हस्कि स्वर, अथेन्टिक नेवारी संगीतको प्रयोग, र भजनको लभ ब्यालेडमा मिश्रनले गर्दा कुमा सागरले युवादेखि वृद्धसम्म सबैको माया पाइरहेक छन । पोहोर देखि चर्चामा आएको कुमा सागरले “हावा को लहर संगै” र “ओ चम्पा” गीतद्वारा नेपाली संगीतमा प्रवेश गरेका थिए।  यो साल पनि उन्का राम्रा गीतहरु आए।  तीमध्ये कुमार सागरको “छहरे सरी ~ आयो तिमी भगवान सरी” गीतले विशेष चर्चा कमाएको छ। यो गीत हाम्रो टॉप टेन पप गीतहरू २०२४ को सूचीमा दोस्रो स्थानमा आउन सफल भएको छ।

यो गीतको कुरा गर्नु पर्दा गीतका लिरिक्स कवितात्मक छन्। प्रेमलाई दिव्य कृपासँग तुलना गर्दै आध्यात्मिक श्रद्धा र रोमान्टिक तडपलाई समेट्ने लाइनहरू छन्। भजनको ध्यानपूर्ण गति कायम राख्दै, मुख्यधारका श्रोताहरूमाझ लोकप्रिय बन्ने आकर्षक हुकहरू पनि समावेश छन। 

यसको विशिष्टता, एक्सपेरिमेन्ट गर्ने साहस, प्रेम गीतसँग भजनको सुन्दर समिश्रण र गीतलाई भक्तिमय र आध्यात्मिक बनाउने क्षमताका कारण हामीले यो गीतलाई हाम्रो सूचीमा नम्बर २ मा राखेका छौं ।

1) “स्पर्श संगीत” – पुर्णा राई र दाजुभाइहरू

पुर्ण राई र दाजुभाइहरू २०२४ मा नेपाली पप संगीतमा उदाएको एउटा उत्कृष्ट उदाहरण हो। यस म्युजिकल ब्यान्डले २०२४ मा ठूलो लोकप्रियता कमाएको छ, र यो गीतले उनीहरूको लोकप्रियतामा योगदान पुर्‍याउन ठूलो मद्दत गरेको छ। आमालाई समर्पित गरेको पूर्ण राईको गीत “स्पर्श संगीत” हाम्रो लिस्टको नम्बर एकमा पर्न सफल भएको छ। यो गीतले आमाको माया र हेरचाह कसरी संगीतले जस्तै हृदय छुने सान्त्वनादायी धुन जस्तै हो भनेर वर्णन गर्दछ। गीतले आमाले प्रदान गर्ने निस्वार्थ प्रेम, बलिदान र मार्गदर्शनलाई मनाउँदछ। 

यस गीतको श्रोतामाझ लोकप्रियताको कारण यसको लय, रिलेट गर्न सकिने सन्दर्भ र भावनालाई अभिव्यक्त गर्ने सरल शब्दहरू नै हुन्। पुर्णा राईको गतिशील स्वरले गीतलाई थप प्रभावशाली बनाएको छ। एकल आमाको कथा र छोरा हुर्काउनका लागि उनले भोग्नुपरेको कठिनाइले म्युजिक भिडियोलाई निकै भावनात्मक बनाएको छ।  यो नयां कन्सेप्ट ताजा र स्वागतयोग्य छ।  

यो गीतको मौलिकता, शुद्धता र भावनाहरूलाई न्याय गर्न सक्ने क्षमताका कारण हामीले यस गीतलाई २०२४ को नम्बर एक पप गीतको रूपमा चयन गरेका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *