नमस्कार, स्वागत छ तपाईँहरूलाई Top Entertainment Nepal मा! नेपालको राजनीतिमा भाषण, भेलाहरू, र ठूला बैठकहरू मात्र हुदैंनन् — यहां त पूरा कमेडी शो नै हुन्छ भन्दा फरक नपर्ला! प्रजान्त्र आए देखि हाम्रो देशको नेताहरू र बिशेषगरि सत्तामा भएका राजनीतिज्ञहरूले घरि घरि केहि चर्तिकलाहरू दोहराईरहेका हुन्छन्। हेर्दा नराम्रो लागे पनि यहि नै सत्यता हो।
यस्तो चर्तिकलाहरूले उनिहरूलाई बदनाम गरे पनि, जनताहरूले चौतर्फि बिरोद गरे पनि किन यस्ता सस्ता हर्कतहरू गर्छन् उनिहरूलाई नै थाहा होला। तर राम्रो कुरा चाहिं उनिहरूको यस्तो चर्तिकलाहरूले हामीलाई हांसो छुट्न दिँदैन। स्वागत छ हाम्रो काउन्टडाउनमा — नेपाली राजनीतिज्ञहरूले गर्ने शीर्ष १० राजनीतिक चर्तिकलाहरू !
१०: बैठकमा नेता बनाम सभामा नेता
यो क्लासिक चर्तिकला त सबैले देख्नु भएकै होला! बैठकमा हाम्रा नेताहरू आँखा जुध्न नसक्ने, निद्रामा झुलिरहेका, कत्ति न गम्भीर! तर जब स्टेजमा उक्लिन्छन्? बोल्ने क्रम सुरू! हात हल्लाउँदै, जोशिलो भाषण! राजनीति होइन, पूरै स्टेज परफर्मेन्स!
९: बाचा, जुन कहिल्यै पूरा हुँदैन
हरेक चुनावमा “मेट्रो रेल!”, “समृद्ध नेपाल!”, “दश वर्षमा सिंगापुर बनाउँछु!” जस्ता कुरा आउँछ। तर हाम्ले देख्ने भने तेही पुरानै खाल्डाखुल्डी!
यस्ता झुठा बाचाहरु जति दोहोराए पनि उनिहरूलाई फरक चांहि पर्दैन, किनभने जनताहरूले भोट दिन चांहि छोड्दैनन्।
८: कमेडि भाषण
नेपालका केही नेताहरूका भाषणहरू स्ट्यान्डअप कमेडी शोभन्दा कम छैनन्! कहिले “हात्ती आएर मकै खायो!” त कहिले “नेपालीले चान्स पाए गर्छन!” भन्ने जस्ता डाइलगहरू आउँछन्। यस्ता भाषणहरू सोझो जनतालाई झुलाउले बाहेक अरु केहि हैनन्। देशको विकास गर्ने एजेन्डा भन्दा इन्टरनेटको मीम बन्ने कन्टेन्ट मात्र हुन्।
७: युवा नेता अझै पनि युवा नै?
२०-३० वर्ष अगाडि “युवा नेता” भनेर चिनिएका व्यक्तिहरू अझै पनि युवा नेता नै छन्! हजुर, उमेर ५० काटिसक्यो, तर अझै “युवाहरूको आवाज” भन्दै भाषण दिन्छन्!
६: बजेट कहाँ गयो?
बजेट घोषणा हुन्छ: अरबौं लगानी! नयाँ पूर्वाधार! आधुनिक नेपाल! तर यथार्थमा? खाल्डो पुरिंदैन, बिजुलीको खम्बा बीच सडकमा ठडिन्छ, अनि पानी परेपछि सडक नै हराउँछ! अनि सोध्न मन लाग्छ, “बजेट कहाँ गयो?”
५: कहिल्यै नसकिने राजनीतिक नाटक
नेपालको राजनीति Netflix सँग तुलना गर्न मिल्छ—नयाँ सिजन, उही पुरानै स्टोरीलाइन! प्रधानमन्त्री फेरबदल, गठबन्धन तोडफोड, नयाँ पार्टी घोषणा—यसमा मात्र ड्रामेटिक म्युजिक थपे भने पूरै भारतीय टिभी सिरियल बन्छ!
४: “ट्राफिक जाम बनाम VIP को गाडी
तपाईं ट्राफिक जाममा १ घण्टा अल्झिनुहुन्छ, पसिना चुहाउँदै माइक्रोबसमा च्यापिनुहुन्छ, अनि अचानक VIP सवारी आउँछ — sirens बजाउँदै, बाटो खाली गराउँदै Fast & Furious स्टाइलमा अगाडि जान्छ! कानुन सबैका लागि बराबर होईन भन्ने प्रश्न आंउला? प्रश्न नगर्नुहोश, गाडी ठुलो भएकालाई मात्र हो कानुन!
३: लोकप्रिय भएपछिको षड्यन्त्र थ्योरी
नेपालमा कोही नेता वा व्यक्तित्व अलि लोकप्रिय हुन थाल्यो भने, तुरुन्तै कुनै न कुनै बिग्रिएको कथा वा स्क्यान्डल बाहिर आउँछ! “ऊ त फलानो पार्टीको एजेन्ट हो!”, “यो मान्छे भ्रष्टाचारमा छ!”, “अमेरिकाले पठाएको मान्छे हो!”—जसले अलि राम्रो गर्यो, उसलाई विवादमा तान्नुपर्ने नियमै भएजस्तो छ! नेताले जति गल्ती गरे पनि ठीकै, तर कसैले केही राम्रो गर्यो भने? तुरुन्तै षड्यन्त्र थियो भन्दै हल्ला फैलिन्छ!
२: राजीनामाको लोडिङ्ग स्क्रिन
“म नैतिकताको आधारमा राजीनामा दिन्छु!” “विपक्षको षड्यन्त्रले राजीनामा दिनुपर्यो माहोल सिर्जना भएको छ” — यस्ता वाक्य धेरै पटक सुनिसकेर वाक्क भईसकेका छौं हामी जनता। तर कहिले हुन्छ त राजीनामा? कहिल्यै हुँदैन! त्यसैले त मीम क्रिएटरहरूले हरेक राजीनामा घोषणासँग “loading…” आइकन राखेर ठट्टा गर्ने गर्छन्!
१: बालुवाटारको Game of Thrones
र अन्त्यमा, नेपाली राजनीतिक चर्तिकलाहरूको राजा—प्रधानमन्त्रीको कुर्सीको लागि ‘Game of Thrones’ जस्तो युद्ध! गठबन्धन बन्यो, फेरि फुट्यो, फेरि बन्यो, फेरि फुट्यो—एकैछिनमा सबै कुरा उल्टिन्छ! हिजोको शत्रु आज ईष्ट । आजको दोश्ति भोली गएर बेईमानी।
अब नेपालमा एउटा स्लोगन हुनुपर्छ: “चर्तिकला ईज कमिन्गँ”
ल, अब तल्लो कमेन्ट सेक्सन तपाईंकै हो! कुन चर्तिकलाहरू सबैभन्दा रमाइलो र सान्दर्विक लाग्यो? अनि कुन छुट्यो? कमेन्टमा लेख्न नबिर्सनु होला! अर्को रमाइलो कन्टेन्टमा भेटौंला!