२०२४ का शीर्ष १० लोकदोहोरी गीतहरू

२०२४ का शीर्ष १० लोकदोहोरी गीतहरू

Music

२०२४ नेपाली संगीतप्रेमीहरूका लागि निकै रोमाञ्चक वर्ष बनेको छ, विशेष गरी लोकदोहोरी गीतहरूले ब्यापक लोकप्रियता हासिल गर्दै सारा नेपाली दर्शकको मन जित्न सफल भएको छ। यो बर्ष लोकदोहोरी संगीतमा धेरै आत्मीय धुनहरूको रचाना भएको छ र यी गीतगरु प्राय जसो उत्सव, परिवारका भेटघाट र सामाजिक पर्वहरूमा जोडदार रूपमा घनकिने गरेको पाइन्छ।  

यस लिस्टमा, हामीले २०२४ का शीर्ष १० लोकदोहोरी गीतहरू लिस्ट गरेका छौँ।  यि गीथरुले चर्चित मिडिया र स्ट्रीमिङ प्लेटफर्ममा प्रमुख स्थान बनाएको छन। यी गीतहरूले नेपाली लोक संगीतको प्रतिनिधित्व गर्नुका साथै आजका कलाकारहरूको सिर्जनात्मकताको पनि उजागर गर्दछन्। तपाईं परम्परागत लयहरूको प्रेमी हुनुहुन्छ भने यस सूचीमा तपांईको लागि हो। 

पूरा लिस्ट हेर्नुहोस् र प्रत्येक गीतको चयनको कारणहरू हाम्रो विस्तृत विश्लेषणमा पत्ता लगाउनुहोस्!

१०)  “तिम्रो माया छ” – गीत बद्री प्रसाद तिवारी, र समिक्ष्या अधिकारी 

यो मन छुने लोक दोहोरी गीतले प्रेम र समर्पणका गहिरा भावना व्यक्त गर्दछ। गीतले ग्रामीण जीवनको सरल र शुद्ध प्रेमलाई प्रस्तुत गर्छ जुन प्रायजसो नेपाली लोक संगीतकोमा सामान्य विषय हो। “तिम्रो माया छ” गीतको संगीतमा नेपाली बाजालाई आधुनिक रूपले तयार गरिएको पाईन्छ। यसको धुन शान्त र लयबद्ध छ, जसले श्रोतालाई गहिरो रूपमा छोइन्छ। गीतका शब्दहरू सरल र स्पष्ट छन् जसले प्रेमको अभिव्यक्तिलाई प्रभावकारी तरिकामा प्रस्तुत गर्छ। 

बद्री प्रसाद तिवारी र समिक्ष्या अधिकारी का स्वरहरूले आफ्नै शैली र भावनात्मक गहिराई ल्याउँछन् । बद्रीको चिल्लो र गहिरो आवाज, जुना र समिक्ष्याको यौवन ऊर्जा, यो गीतलाई एक सुन्दर संगति दिन्छ।  2024 को हाम्रो शीर्ष दस लोक दोहोरी गीतहरूको सूचीमा यस गीतले नम्बर १० को स्थान पाएको छ। 

९) “Beni Ko Bazar” 

“Beni Ko Bazar” गीतले जीवनका विभिन्न पक्षहरूको रमाइलो प्रस्तुति गर्दछ। Ramchandra Kafle र Samikshya Adhikari द्वारा गाइएको यो लोकगीतमा हास्यजनक झगडालाई मजाकीय ढंगले प्रस्तुत गरिएको छ। सरल बोलहरू सामान्य जीवनका चुट्किलाबाट प्रेरित छन्, जसले यो गीतलाई सबै उमेरका श्रोताहरूका लागि रोचक बनाएको छ। संगीतमा परम्परागत लोकधुनहरूको आधुनिक संयोजन जस्तै सारंगी र गिटारको प्रयोगले गीतलाई थप आकर्षक बनाएको छ।

यो गीतको गायनले यसको आकर्षणलाई अझै माथि उठाएको छ। Ramchandra को गहिरो स्वर र Samikshya को प्रफुल्ल गायनले एक अनुपम तालमेल बनाएको छ। युट्युब र टिकटकमा यसको हिट हुनुले यसको लोकप्रियतालाई प्रमाणित गर्दछ। चञ्चल र मजाकीय स्वरूपकै कारण, यो गीत २०२४ को शीर्ष १० लोकदोहोरी गीतहरूको सूचीमा नऔं स्थानमा परेको छ। 

८) “तिमिलाई पछेउरी 

“Timilai Pachheuri Kindiula Naya Naya” गीतले प्रेम, हास्य र रमाइलो भावनाहरूलाई प्रस्तुत गर्दै लोकदोहोरीको परम्परागत शैलि र आधुनिक स्वादको सुमधुर मिश्रण प्रस्तुत गरेको छ। Khem Century, Nirmala Devi Basnet, द्वारा गाइएको यस गीतमा चञ्चल र माया भरिएको संवादको प्रस्तुति छ, जसले श्रोताहरूलाई गीतमा डुब्न बाध्य बनाउँछ। यसको बोल हल्का-फुल्का र मनोरञ्जनात्मक छन्, जसले प्रेमका भावना र हाँस्यपूर्ण व्यवहारलाई सरल तरिकाले प्रस्तुत गरेको छ

यस गीतले विभिन्न उमेरका श्रोताहरूलाई आकर्षित गर्दै छिट्टै डिजिटल मञ्चहरू जस्तै यूट्यूब र टिकटकमा हिट बन्न सफल भएको छ। गायकहरूको उत्कृष्ट प्रस्तुति ले गीतलाई विशेष बनाएको छ। पारम्परिक र आधुनिक संगीतको सन्तुलन, आकर्षक बोल र यादगार धुनको कारण यो गीत २०२४ को हाम्रो शीर्ष १० लोकदोहोरी गीतहरूको सूचीमा सातौं स्थानमा छ। 

७) “रेशम” 

प्रकाश दुतराज, मेलिना राइ र बिमला लिम्बु जस्ता चर्चित कलाकारहरुको सहकार्यले यो गीतलाई श्रोताको माझ अविस्मरणीय बनाएको छ ।

प्रेम र इच्छाशक्तिलाई मधुर तरिकाले व्यक्त गरेको यो गीतले श्रोताहरूलाई बाँधेर राख्न सफल भएको छ । मेलिना रायको मिठासयुक्त स्वर, प्रकाश दुतराजको गहिरो प्रस्तुति, र बिमला लिम्बुको ऊर्जा मिसिएर गीतलाई मीठो बनाएको छ भनेर भन्दा फरक नपर्ला।

यस गीतको सफलताको श्रेय यसको म्युजिक भिडियोलाई पनि जान्छ जुन रुबी भ्यालीको ४२०० मिटरको उचाइमा छायांकन गरिएको थियो ।गोठालाको कथा बताउने यो गीत हाम्रो सूचीको ७ नम्बरमा छ।

६) “हियारै” 

बिनोद बजुराली, शान्ति श्री परियार, जुना, र देवेन्द्रको सामूहिक स्वोरमा रचिएको यो गीतले प्रेम, चाहना, र दिल टुट्ने भावनाहरूलाई व्यक्त गरेको छ जुन प्रायजसो लोकगीतमा पाइले विषयवस्तु नै हो, तर सुदूरपश्चिमको देउडा भाकाले यो गीतलाई ताजा बनाएको छ ।

यो गीतको सफलताको श्रेय यसको रिलिज टाइमिङलाई पनि दिन सकिन्छ।  दशैंको समयमा रिलिज भएको यो गीतले छिट्टै करोडौं भ्युज पाउन सफल भयेको थियो । “हियारै” गीत हाम्रो २०२४ का शीर्ष दस लोक दोहोरी गीतहरूको सूचीमा छैटौं स्थानमा। 

५) मुटु कटक्कै 

प्रकाश सपुत आजका सबैभन्दा लोकप्रिय गायक मध्ये एक हुन्। आजकाल उनले नयाँ गीत रिलिज गर्दा हिट हुने लग्भग पक्का हुन्छ । प्रकाश सपुतकै नेतृत्वमा कुशल बेलबासे, प्रताप दास, र कुसुम शर्माद्वारा गाइएको यो गीत पनि धेरै हदसम्म सफल भयो तर उन्को पहिलेका गीतहरु जस्तो “All time blockbuster” चाहिं हुन सकेन। 

“मुटु कटक्कै” सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा निकै लोकप्रिय पनि बनेको थियो । । २०२४ का उत्कृष्ट लोक दोहोरी गीतहरूको सूचीमा पाँचौं स्थान पाउन सफल यो गीत प्रतिष्ठित कलाकारहरूको सहकार्य र म्युजिक भिडियोमा नयाँ क्न्सेप्ट्ले गर्दा सम्झनलायक भएको छ।

४) म त ढले ढले 

छोटो समयमै टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा अत्यन्त लोकप्रियता कमाएको यो गीत एक्दमै मुखमा झुन्दिने स्वोभावको छ भनेर भन्दा फरक नपर्ला। शान्ता रानी परियारको सुमधुर स्वर र पॉल शाह, खेमा सेन्चुरी, जुना, र श्रेयशीको प्रस्तुतीले गीतलाई रमाईलो बनाएको छ। 

तीज पर्वलाई लक्षित गरेर रिलिज गरिएको यो गीतले तीज पर्वको उमंग र उत्साहलाई संगीतमय रूपमा झल्काएको छ।  बोलहरूले तीज पर्वमा महिलाहरूले व्यक्त गर्ने भावना र उत्सवलाई सहजै चित्रण गरेका छन्। २०२४ का उत्कृष्ट लोकदोहोरी गीतहरूको सूचीमा चौथो

स्थान पाउने यो गीतलाई “full on entertaining” भन्नु उचित हुनेछ। 

३) पिरै पिर 

माया पिरति र थट्टा मजाक भन्दा फरक विषयवस्तु बोकेको भुपु पाण्डेको यो गीत हाम्रो लिस्टको तेस्रो स्थानमा छ। जीवनका संघर्ष र सहनशीलताको कथा प्रस्तुत गर्ने “पिरै पिर” गीत सरल तर सन्देशपूर्ण शब्दले यूवा श्रोताहरूमाझ निकै सफल भएको छ।

“पिरै पिर” ले डिजिटल प्लेटफर्महरूमा राम्रो सफलता प्राप्त गरेको छ र विशेष गरी नेपाली डायस्पोरा समुदायमा लोकप्रियता हासिल गरेको छ। यो गीत २०२४ का उत्कृष्ट लोक दोहोरी गीतहरूको सूचीमा तेस्रो स्थानमा राख्नुको कारन यसको गहिरो कथावस्तुलाई सरल तरिकाले प्रस्तुत गर्नु हो । 

२) गोर्खे खुकुरी 

शान्तिश्री परियार आजका सबैभन्दा बढी व्यस्त महिला लोक दोहोरी गायिका हुन्। गत केहि बर्षदेखि लगातार हिट माथि हिट दिएकि परियारले जे छोएपनि सुनमा परिणत हुने जस्तो देखिन्छ।  यो वर्षको दोश्रो स्थानमा रहन सफल “गोर्खे खुकुरी” मा पनि उनैको आवाज रहेको छ।  गोर्खाली साहस र नेपाली परम्पराको गर्वलाई उजागर गर्ने उद्देश्य राखेको यो गीतमा परियारलाई  निश्चल दवाडीले राम्रो साथ  दिएका छन।

डिजिटल प्लेटफर्महरू देखि रेडियो सम्म धेरै लोकप्रियता कमाएको यो गीतले आज सम्म 71 मिलियन भन्दा बढि भिउज पाइसकेको छ। हुन त यो गीतलाई पहिलो स्थानमा राख्दा पनि फरक पर्दैन थियो, तर हाम्रो लिस्टको पहिलो स्थानको गीतलाई हामीले “गोर्खे खुकुरी” भन्दा केहि हदसम्म बढि प्रभावकारी पाएका छौं। 

१) कश्मीरे पछ्यौरी 

कश्मिरे पछ्यौरी नेपालमा मात्र नभई छोटो अवधिको लागि युट्युबको विश्वव्यापी ट्रेन्डिङमा पनि परेको थियो। यो गीत कत्तिको लोकप्रिय भएको छ भनेर यो कुराबाट अनुमान गर्न सकिन्छ ।  विश्वव्यापी संगीत चार्टमा प्रवेश गरेको यो गीतले मध्य सेप्टेम्बर तिर YouTube मा ग्लोबल शीर्ष भिडियोहरूमा 99 औं स्थानमा ट्रेन्डिङ गरिरहेको थियो ।

यो गीतमा बाबु कृष्ण परियार, दीपिका बयाम्बु, र केपिना गोतामेको स्वर तथा निश्‍चल दवाडीको संगीत रहेको छ। आफ्नो मनमोहक लय र आकर्षक शब्दका कारण चर्चित यो गीतले नेपालमा मात्र नभई विश्वभरका दर्शकको मन जितेको छ । यो गीतको म्युजिक भिडियोले युट्युबमा हालसम्म ६० मिनियन भ्युज पाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको प्रभावले यो गीतलाई अझै लोकप्रिय बनाएको छ तर यो गीत आफैमा उत्कृष्ट  छ।  

२०२४ को उत्कृष्ट लोकदोहोरी गीतको सूचीमा यो गीत साँच्चिकै नम्बर एक हुन योग्य छ जस्तो हामीलाई लाग्छ। तपाईलाई के लाग्छ? तल आफ्नो विचार कमेन्ट गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *