नेपाल प्रिमियर लिग २०२५: 10 उत्कृष्ट ब्याटिङ प्रदर्शन

Sports

नेपालमा क्रिकेटको लोकप्रियता पछिल्लो समय बढ्दै गएको देख्नु हामी नेपालीको लागि खुसिको कुरा नै हो। नेपाली क्रिकेटरहरुको मिहिनेत र उनीहरुले हासिल गरेको सफलताका कारण नै नेपाली क्रिकेट यो निराशाजनक मुलुकमा आशाको किरण जस्तै देखिन्छ । अन्य असोसिएट राष्ट्रहरूको तुलनामा सीमित बजेट भएता पनि नेपालले अन्तर्राष्ट्रिय रूपमा राम्रो प्रदर्शन गर्दै आएका छन्। 2024 पुरुष T20 विश्वकपमा भाग लिएर दक्षिण अफ्रिका जस्ता टोलीलाई लगभग हराउनु लाई उपलभ्धि नै मान्नु पर्छ।  

हालसालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (NPL) मा पनि नेपाली युवा खेलाडीहरूले आफ्नो प्रतिभा देखाए। अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि उपस्थिति भएको यो प्रतियोगिताले निकै सफलता पायो।  दुबै नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरूले उत्क्रिस्ट प्रदर्शन गर्दै युवा पुस्तादेखि वृद्धसम्मको मन जित्न सफल भएको छ।  केही इनिङ्स त सम्झनलायक मात्र नभई नेपाली क्रिकेटको इतिहासमा महत्वपूर्ण बनिसकेका छन्। 

हामी NPL २०२५ सम्बन्धि धेरै कन्टेन्टहरु लिएर आउंछौं। आज भने तपाईंलाई NPL २०२५ का १० उत्कृष्ट ब्याट्सम्यानहरू को काउन्टडाउनमा लैजान्छौँ। यो लिस्ट हामीले खेलाडीहरूको प्रदर्शनलाई तथ्यांकका आधारमा मूल्याङ्कन गर्दै, बानाएका छौँ।

10. B McMullen

स्कटल्यान्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलन एनपीएल २०२४ मा सुदूरपश्चिम रोयल्सका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी बने। उनले ९ खेलमा १२४.८४ को स्ट्राइक रेट र २२.३३ को औसतसहित २०१ रन बनाए। उनका प्रमुख प्रदर्शनहरूमा ५३ रनको अर्धशतक समावेश छ। ब्रान्डनले प्रतियोगिताभर निरन्तर रन बनाउँदै सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुग्न सहयोग गरे। उनका समग्र प्रदर्शनले उनलाई हाम्रो शीर्ष १० सूचीमा दशौं स्थानमा राखेका छौँ।

९. कुशल मल्ल

खेल: ८ | इनिङ्स: ८ | रन: २२३ | उच्च स्कोर: ७२ | औसत: २७.८७ | स्ट्राइक रेट: १२१.१९

चितवन राइनोजका ब्याटिङ अलराउन्डर कुशल मल्ल एनपीएल २०२४ भरि आफ्नो कन्सिस्टेन्ट प्रदर्शनका कारण चर्चामा रहे। उनले ८ खेलमा २७.८७ को औसत र १२१.१९ को स्ट्राइक रेटसहित २२३ रन बनाए। उनका प्रमुख प्रदर्शनहरूमा जनकपुर बोल्ट्सविरुद्धको ७२ रनको उत्कृष्ट इनिङ्स समावेश छ, जसले उनलाई त्यस खेलको ‘म्यान अफ द म्याच’ बनायो। कुशलको टिममा लिडरसिप र ब्याटिङ योगदानले चितवन राइनोजलाई सशक्त बनाएको थियो। उनका समग्र प्रदर्शनले उनलाई हाम्रो शीर्ष १० सूचीमा नवौं स्थानमा राखेका छौँ।

८. एजीएस गौस

खेल: ६ | इनिङ्स: ६ | रन: २२४ | उच्च स्कोर: १०४* | औसत: ४४.८ | स्ट्राइक रेट: १६४.७

एन्ड्रिस गौस, अमेरिकाका विकेटकिपर ब्याट्सम्यान, एनपीएल २०२४ मा पोखरा एभेन्जर्सका लागि खेल्दै सबैलाई आफ्नो रन बनाउने छ्यमता्का काराण प्रभावित गरे। उनले ६ खेलमा ४४.८ को औसत र १६४.७ को स्ट्राइक रेटसहित २२४ रन बनाए। उनका प्रमुख प्रदर्शनहरूमा १०४* रनको अविजित सतकिय इनिङ्स समावेश छ, जुन एनपीएल इतिहासकै पहिलो र सबैभन्दा छिटो शतक हो। उनका शानदार प्रदर्शनले उनलाई हाम्रो शीर्ष १० सूचीमा आठौं स्थानमा पर्न सफल भएको छ। 

७. दीपेन्द्र सिंह ऐरी

खेल: ९ | इनिङ्स: ९ | रन: २२७ | उच्च स्कोर: ५७* | औसत: ३७.८३ | स्ट्राइक रेट: १६०.९९

सुदूरपश्चिम रोयल्सका कप्तान र नेपालको एक टप खेलाडी दीपेन्द्र सिंह ऐरी को नाम नसुनेको खेलप्रेमी कमै होलान्। मध्यक्रमका आएर बलिया स्ट्राइक रेटमा ब्याटिङ गर्ने ऐरी एनपीएल २०२४ मा सफल नै भए। उनले ९ खेलमा ३७.८३ को औसत र १६०.९९ को स्ट्राइक रेटसहित २२७ रन बनाए। उनका प्रमुख प्रदर्शनहरूमा विराटनगरविरुद्धको ५७* रनको अर्धशतक नटआउट समावेश छ, जुन उनले आफ्नो पहिलो खेलमै गरेका थिए। दीपेन्द्रले ब्याटिङसँगै बलिङ र फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै एनपीएल २०२४ को Electrifying Player of the Tournament को उपाधि जिते, जसको पुरस्कारस्वरूप उनले ओमोडा ई५ कार जिते।

६. बिनोद भण्डारी

खेल: ९ | इनिङ्स: ९ | रन: २३५ | उच्च स्कोर: ५८* | औसत: २९.३७ | स्ट्राइक रेट: ११०.३२

सुदूरपश्चिम रोयल्सका अनुभवी खेलाडी बिनोद भण्डारी एनपीएल २०२४ मा टोलीका लागि महत्त्वपूर्ण साबित भए। उनले ९ खेलमा २९.३७ को औसत र ११०.३२ को स्ट्राइक रेटसहित २३५ रन बनाए। उनका प्रमुख प्रदर्शनहरूमा नटआउट ५८ रनको अर्धशतक पनि समावेश छ। उपाधि जित्न नसके पनि, उनका अनुभवको मद्दतले उनले टोलीलाई फाइनलसम्म पुर्‍याए। उनका यो योगदानले उनलाई हाम्रो शीर्ष १० सूचीमा छैटौं स्थानमा पुर्‍याएको छ।

५. जेडीएस नीशम

खेल: ९ | इनिङ्स: ९ | रन: २४७ | उच्च स्कोर: ६५ | औसत: ३५.२८ | स्ट्राइक रेट: १९६.०३

न्यूज़ील्यान्डका भर्पर्दा ब्याटिङ आलराउन्डर जिमी नीशम एनपीएल २०२४ मा जनकपुर बोल्ट्सबाट खेलदै निकै चर्चा कमाए।  जनकपुर बोल्ट्सलाई उपलब्धि दिलाउनुमा उनको ठूलो भूमिका छ। उनले ९ खेलमा ३५.२८ को औसत र १९६.०३ को अविश्वसनीय स्ट्राइक रेटसहित २४७ रन बनाए। विशेषगरी, उनले ६५ रनको विस्फोटक इनिङ्स खेले, जसमा उनले मात्र २४ बलमा ५ चौका र ६ छक्काको मद्दतले रन बनाएका थिए। यसक्रममा उनी एनपीएल इतिहासमा १८ बलमा सबैभन्दा छिटो अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बने। उनका उत्कृष्ट प्रदर्शनले उनलाई हाम्रो शीर्ष १० सूचीमा पाँचौं स्थानमा राखेका छौँ।

४. सैफ जाइब (Sudurpaschim Royals)

खेल: ९ | इनिङ्स: ९ | रन: २७५ | उच्च स्कोर: ९० | औसत: ३०.५५ | स्ट्राइक रेट: १३६.१३

अंग्रेजी ब्याटिङ आलराउन्डर सैफ जाइब एनपीएल २०२४ मा सुदूरपश्चिम रोयल्स (एसआर) टोलीका लागि महत्त्वपूर्ण खेलाडि साबित भए। उनले ९ खेल खेल्दै ३०.५५ को औसत (average) मा २७५ रन बनाए। उसको लुम्बिनी लायन्सविरुद्ध ९० रनको match-winning performance सम्झनलाएक थियो। सैफको आक्रामकता र ठूला क्षणमा प्रदर्शनले सुदूरपश्चिम रोयल्सलाई धेरै महत्त्वपूर्ण अवसरहरूमा प्रोत्साहन दिएको थियो। हाम्रो शीर्ष १० सूचीमा चौथो स्थानमा सहन सफल सैफ जाइब अंग्रेजी काउंटी क्रिकेटका लागि खेल्ने पहिलो १५ वर्षे खेलाडी बनेर एक समय चर्चा कमाएका थिए। 

३. रोहित पौडेल (Lumbini Lions)

खेल: ७ | इनिङ्स: ७ | रन: २७९ | उच्च स्कोर: ९५ | औसत: ३९.८५ | स्ट्राइक रेट: १३१.६

नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले लुम्बिनी लायन्सलाई पनि नेतृत्व गरे। एनपीएल २०२४ मा उनले लुम्बिनी लायन्सका लागि ७ खेल खेल्दै ३९.८५ को औसत (average) मा २७९ रन बनाए। उनले पोखरा एभेन्जर्सविरुद्ध मात्र ५९ बलमा ९५ रन बनाएर एनपीएल २०२४ को दोस्रो उच्च व्यक्तिगत स्कोर बनाउन सफल भए। उनको स्थिर प्रदर्शनले ब्यक्तिगत रुपमा सफल भए पनि उनले टिमलाई चैं जोगाउन सकेन। लुम्बिनी लायन्सले महत्त्वपूर्ण क्षणहरूमा कमजोर प्रदर्शन गर्दै एनपीएल २०२४ को तालिकामा अन्तिम स्थानमा सिमित भयो। 

२. आरएस बोपारा (Chitwan Rhinos)

खेल: ८ | इनिङ्स: ८ | रन: २८६ | उच्च स्कोर: ५९* | औसत: ४०.८५ | स्ट्राइक रेट: १३५.५४

रवि बोपारा NPL 2024 को सबैभन्दा प्रसिद्ध खेलाडी मध्ये एक हुन्। इंग्ल्यान्डका सफल पूर्व अलराउन्डर बोपाराले एनपीएल २०२४ मा चितवन राइनोसका लागि महत्त्वपूर्ण भूमिका खेल्दै टिमलाई प्लेअफ सम्म पुर्याए। उनले ८ खेल खेल्दै ४०.८५ को औसत (average) मा २८६ रन बनाएर आफ्नो अनुभवको भरपूर उपयोग गरे। दबाबका क्षणमा उनको स्थिरता टिमका लागि ठूलो राहत बनेको थियो। विशेषगरी, ५९ रनको अविजित (इनिङ्सले उनको परिपक्वता र क्षमतालाई झल्कायो। आफ्नो उत्कृष्ट प्रदर्शनकै कारण उनी हाम्रो सूचीमा दोस्रो स्थानमा पर्न सफल भएका छन्।

१. लाहिरु मिलन्था (Janakpur Bolts)

यो प्रतियोगिता अघि लाहिरु मिलन्था चिन्ने नेपाली कमै थिये होलान् तर यो प्रतियोगिता पछि उनलाई नचिन्ने कमै हुन्छन्। श्रीलङ्कामा जन्मिए पनि अमेरिका लागि खेल्ने लाहिरु मिलन्थाले एनपीएल २०२४ का सबै भन्दा सफल खेलाडि हुन्।  उनले १० खेल खेल्दै 32.55 को औसत (average) मा २९७ रन बनाएर जानकपुर बोल्ट्सका लागि एक महत्त्वपूर्ण शीर्षक्रम (top-order) ब्याट्सम्यानको भूमिका निभाए। प्रतियोगिता फाइनलमा पनि ८७ रनको उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सलाई उनले नै जित दिलाए।  यसकै लागि उनी फाइनलको ‘म्यान अफ द म्याच’ पनि घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *