अहिले आफ्नो चर्चित गीतहरुले नेपाली म्युजिकमा नाम राख्न सफल जोन चाम्लिङ राईको नाम त तपाईहरुले सुन्नु भएको छ ? यदि छैन भने तपाईंले जोन चाम्लिङ राईको नाम चाँडै सुन्नुहुनेछ। जोन चाम्लिङ राई अहिले विशेष युवा वर्गमा लोकप्रिय बन्दै गरेको नेपाली पप गायक र गीत लेखक हुन्। उनको आफ्नै ब्यान्ड जोन एंड द लोकल्स छ, जहाँ बाट उनी म्युजिक कनसर्ट गर्छन।
भर्खरै पनि उनले स्वोप्निल शर्माको स्वर नामक म्युजिकल ग्रुप सगं मिलेर गीत त गाए नै, र संगै अभिनय पनि गरे। त्यो गीतको नाम हो, बादल सरि। जोन चाम्लिङ राईको आफ्नै कथा त पक्कै पनि छ, र आफ्नै सङ्गघर्ष पनि । आउनु होस् जोन चाम्लिङ राईको विषयमा १० कुराहरु संगै हेरौ ।
१०) जन्म स्थान
जोन चाम्लिङ राईको जन्म धरानमा भएको हो । सानो उमेरमा नै उनलाई आफ्नो बुबा र परिवारले उनलाई म्युजिकमा एक्सपोजर दिएका थिए । चर्चको क्वायर ग्रुपमा इन्भल्बमेन्टले पनि उनलाई म्युजिकमा केहिँ गर्नको लागि निर्खाने भुमिका खेल्यो । अरु चर्चित गाायक जस्तै सबिन राई, पुर्ण राई पनि धरानका नै हुन्।
९) उनको ब्यान्ड
उनको ब्यान्डको नाम हो , जोन अ्यान्ड द लोकल्स । आफ्नो ब्यान्डमा उनी लिड भोकलिस्ट हुनुको साथै किबोर्ड पनि बजाउँछन् । यो ब्यान्डको गीटारिस्ट श्रीहांग राई र मानुहांग राई, ड्रमर ज्यस्पर राई र प्रिकसनमा सुर्दशन थापा छन् । लगभग राई ब्रदर्स भन्न मिल्ने रहेछ उनको ब्याण्डलाई ।
८) विदेशको अनुभव
जोनले आफ्नो स्नातकको शिक्षा डेनमार्कको कोपिनह्यागन विश्वविधालयबाट हासिल गरे । उनको विदेशमा बस्दाको अनुभवले उनलाई गीतहरु लेख्न प्रेरणा दियो । गीत बनाउनको नै लागि नभएर भावना व्यक्त गर्नको लागि उनले गीत लेख्न थाले ।
७) कभरबाटको यात्रा
जोन चाम्लिङ राईको युट्युब च्यानल हेर्नु हुन्छ भने अहिले पनि कभर गीतहरु भेट्टाउन सक्नु हुन्छ । उनले ट्राइबल रेन, सज्जन राज र्वैद्द, जे पी टी रकर्ज, नितेश जंग कुवर, र अरु धेरै आर्टिस्टको गीत कभर गरेका छन्। र बिस्तारै उनले त्यहिँ दौरानमा आफ्नो ओरिजिनल गीत पनि निकाल्न शरु गरे ।
६) म्युजिकल स्टायल
जोन चाम्लिङ राई आफ्नो जेनुइन रअ, भावुक लिरिक्सको लागि चर्चित छन्। उनको भोकल रेन्जको त के कुरा गर्ने हो, निकै नै हाई भोकल रेन्ज छ उनको । राम्रो कुरा चांहि उनको लो भोकल पिचमा पनि उतिकै प्रभावकारी रूपमा गाउन सक्छन। उनको प्राय हरेक गीत पछाडि एउटा स्टोरी लुकेको छ र उनको त्यहिँ स्टोरीले पुरा गीतलाई मिनीङफुल बनाउले गर्छ ।
५) अन्तराष्ट्रिय टुर
जोन चाम्लिङ राईले अहिले सम्म युरोप, जापान, अस्ट्रेलिया टुर गरिसकेका छन्। उनले २०१९ मा युरोपको पोल्यान्ड, स्पेन, र अरु देशमा भ्रमण गरे । त्यस्तै २०२३ मा उनले जापान, र अष्ट्रेलियाको गोल्ड कोष्टमा पर्फम गरे । र २०२४ मा भने उनले अष्ट्रेलियाको सिड्नीमा टुर गरे ।
४) Most Viewed गीत
यदि तपाई जोन चाम्लिङ राईको फ्यान हुनुहुन्छ भने, तपाईलाई यो उत्तर पहिले नै थाहा होला । यदि सुन्नु भएको छैन भने यो एकचोटि सुन्नै पर्ने गीत हो। २०२३ को टप भिउड गीत, जुन अहिले सम्ममा ३ करोड बढी भिउज बटुलिसकेको गीत हो — हावा जस्तै। यो गीतमा जोन चाम्लिङ राईले आफ्नो स्वर र प्रतिभा देखाएका छन् । उनको भावपूर्ण आवाज र भोकलमा सानो तर प्रभावकारी कार्यहरूले धेरै प्रशंसकहरू र आलोचकहरूबाट समान रूपमा प्रशंसा पाएका छन्। यसमा सुजन जिम्बा, दिक्क्षा गुरुङ, हिमान्सु जे बी रानालाई कास्ट गरिएको छ । गज्जबको कुरा चाहिँ यो म्युजिक भिडियोको छुट्टै फ्यान बेस छ।
३) पहिलो इन्ष्ट्रुमेन्ट
४ वर्षको कलिलो उमेरमा नै उनले हातमा गीतार थमाउन पाए । र यहिँबाट म्युजिकको परिचय उनको जीवनमा भयो भन्दा गलत नहोला । फ्यामेलीको सानो उमेरमा नै पाएकाे सर्पोटले पछि म्युजिकमा केहिँ गर्न उनलाई मद्दत मिलेको भने चाहिँ हो । उनले गिटार बाहेक किवर्ड र ड्रम बजाउन पनि सिके।
२) भाइरल भएको गीत
वर्षौंको संघर्षपछि जोनले “साधना” गीतबाट मुख्यधाराको ध्यानाकर्षण गरे। टिकटक, रिल्स, र अरु सामाजिक प्ल्याटर्फममा भाइरल भएको जोन चाम्लिङ राईको “साधना” युवायुवती र उनीहरुको भावनासंग जोड्न सफल भए। र यहिँ गीत हो मेरो भाईले दिन रात सुन्ने गरेको गीत । अनि त्यहिँ गीत सुन्दैँ गर्दा मैले सोधेको थिए, ‘भाई कस्को गीत सुनिरहेको ?’ अनि उस्को जवाफ थियो, जोन राईको साधना । र यहिँ हो जोन चाम्लिङ राईको पहिलो भाइरल गीत ।
१) पहिलो ओर्जिनल गीत
करियरको सुरुमा राईले चर्चित कलाकारहरुको कभर गीत गाउने गर्थे । त्यहिँ दौरानमा उनको पहिलो ओर्जिनल गीत थियो — प्रश्न । प्रश्न गीत उनको सङ्गर्षको िवषयमा लेखिएको निकै गहिरो गीत हो । सायद त्यहिँ भएर पनि होला, कनेक्टीभिटी छ यो गीतमा । उनको यो देबियुट् गीत पनि हो, र यो गीत २०२० मा रिलिज भएको हो ।
र यी थिए जोन चम्लिङ राईको बारेमा १० फ्याक्टहरु। हामीले केहिँ छुटायौ र त्यो तपाईलाई थाहा छ भने भन्नुहोला है। अहिलेको लागि यत्तिनै, धन्यवाद।