Nepali राजनीतिमा कहिले रहस्यकथाजस्तो त कहिले पुरानो हिन्दी सिरियलको क्लाइम्याक्सजस्तो काण्डहरू भईसहेको हुन्छ—कहिलेकाहीँ हास्न मन लाग्छ, कहिलेकाहीँ रिस उठ्छ, अनि कहिलेकाहीँ त दुवै एकैचोटि!
नमस्कार, स्वागत छ तपाईँहरूलाई Top Entertainment Nepal मा! आज हामी नेपालका Top 10 Political Scandals को चर्चा गर्दैछौँ —तथ्यमा आधारित यो लिस्टले तपाईँहरूलाई अलिकति हाँस्न, अलिकति दङ्ग पार्न र अलिकति आष्चर्य पनि पार्ने छ। अब, चिया कफि लिएर बस्नुहोस्, किनकि यो लिस्ट रमाइलो मात्र होइन, ऐतिहासिक पनि छ!
#10. सुडान घोटाला – पुलिसका लागि गाडी कि घोटालाको सवारी?
सन् २००९ मा, नेपाल सरकारले प्रहरीको लागि सुडानबाट बुलेटप्रूफ गाडी खरिद गर्ने निर्णय गर्यो। प्रहरीका लागि सुरक्षा महत्वपूर्ण थियो, तर सरकारको ध्यान सुरक्षा भन्दा कमिसन मा गयो!
करोडौं रुपैयाँको बजेट पारित गरेर गाडी किनियो, तर केही वर्षपछि खुलासा भयो कि तिनको वास्तविक मूल्य धेरै कम थियो। सम्झौता गर्ने अधिकारीहरू माथि कारबाही त भयो, तर घोटालाको मास्टरमाइन्ड भने अझै अज्ञात नै छ। यो प्रकरणले नेपालमा ठूलाठूला काण्डहरू कसरी ‘सेट’ हुन्छन् भन्ने बुझ्न मद्दत गर्यो।
#9. लाउडा स्क्यान्डल – हवाइजहाजभन्दा बढी हावा!
नेपाल वायुसेवाले १९९० को दशकमा लाउडा एयरलाइन्स सँग महँगो सम्झौता गर्यो। बाहिरबाट हेर्दा त सब ठिकै लाग्थ्यो, तर भित्र के भइरहेको थियो भने, नेपालले अत्यधिक महँगो मूल्यमा जहाज भाडामा लिएको थियो!
यो घोटालामा नेपालका उच्च पदस्थ अधिकारीहरू संलग्न थिए, तर अन्ततः मुद्दा अदालतसम्म पुगे पनि, मुख्य दोषीहरू उम्कन सफल भए।
लाउडा स्क्यान्डल एउटा उत्कृष्ट उदाहरण हो कि नेपालमा सरकारी सम्झौता ‘कुनै एउटा देशलाई फाइदा’ हुनेगरी मात्र किन गरिन्छ!
#8. सेक्युरिटी प्रिन्टिङ प्रेस घोटाला – पैसा छाप्ने मेसिन नै घोटाला!
December 2023 मा तत्कालिन के पि ओलीको सरकारले आफ्नै नोट छाप्ने प्रेस ल्याउने योजना बनायो। सुनिँदा त राम्रो लाग्छ, होइन? तर नेपालमा राम्रो योजना बनेपछि भ्रष्टाचार हुने चलन पुरानै हो!
विदेशी कम्पनीहरूसँगको डीलमा करोडौं रुपैयाँको चलखेल भयो। उच्च पदस्थ व्यक्तिहरूले कमिसनको नाममा लाखौँ खल्ती भरे, अनि योजना नै ठप्प बनाइयो।
नतिजा? आज पनि नेपालका नोटहरू विदेशमै छापिन्छन्, जबकि हामीसँग खुद्रा पैसा सधैँ अभावमा हुन्छ!
#7. वाइडबडी जहाज काण्ड – विमान उड्नुभन्दा अगाडि नै करोडौं उड्यो!
नेपाल वायुसेवाले दुईवटा वाइडबडी जहाज किन्ने योजना बनायो र सन 2018 मा, दुई वाइड बडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे। सुन्दा त राम्रै हो, होइन? तर जहाज आएपछि मात्र थाहा पाइयो—यो त महँगो ‘डिल’ पो रहेछ!
खरीद प्रक्रियामा कागजातमै हेरफेर गरिएको, बजार मूल्यभन्दा करोडौं बढी भुक्तानी गरिएको, अनि जहाजको प्राविधिक अवस्था पनि कमजोर रहेको प्रमाणित भयो। नतिजा? वाइडबडी जहाजहरू उड्न नसक्ने अवस्थामा छन्, अनि भ्रष्टाचारका दोषीहरू अझै ‘फ्लाइट मोड’ मै छन्!
#6. बालुवाटार ल्यान्ड स्क्याम – सरकारी जग्गा कि आफ्नै बगैंचा?
नेपाल सरकारको बालुवाटारस्थित सरकारी जग्गा कसरी कसैको निजी सम्पत्ति बन्यो? यो प्रश्न नेपालमा रहस्य जस्तै छ! सरकारी जग्गा कानून विपरीत नक्कली कागजात बनाएर निजीकरण गरियो।
ठूलठूला नेताहरू, व्यापारीहरू अनि नक्कली लालपुर्जा बनाउन सिपालु गिरोह संलग्न थिए। अदालतमा मुद्दा पुगे पनि, अहिलेसम्म स्पष्ट निष्कर्ष आएको छैन। सो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा गायर गरिएको रिट खारेज भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराइलाई नीतिगत निर्णयमा मात्र सामेल भएको भन्दै दुवैलाई मुद्दा चलाएको थिएन। यसले बुझ्न सकिन्छ कि नेपालमा ‘सत्ता’ हुनेहरू कानूनी प्रक्रिया खेलाउन माहिर छन्!
#5. दशगजा भूमि अतिक्रमण – सीमाना हराउँदैछ, राजनीति मौन छ!
नेपाल–भारत सीमा समस्या कालापानी, लिपुलेक र लिम्पियाधुरामा मात्र नभई देशका अन्य भागमा पनि छ। २०७७ तिर भारतीय पक्षले रौतहटको सीमावर्ती क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर बाँध निर्माण गर्न खोजेपछि नेपाली पक्षले निर्माण कार्य रोक्न लगाएको थियो। तर सरकार चुपचाप नै रह्यो !
भारतले नेपाली भूमि आफ्नो नक्सामा समावेश गरेका घटनाहरू धेरै छन्, तर नेताहरू सत्ताको खेल खेल्नमै व्यस्त छन्! नेपालमा देशभक्ति भाषण दिन त धेरै छन्, तर सीमाको संरक्षण गर्न सक्ने नेता चाहिँ विरलै भेटिन्छन्!
#4. मेलम्ची खानेपानी योजना – पानी आउनुभन्दा भ्रष्टाचार पहिले!
काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने योजना ४० वर्षअघि आएको र २० वर्षअघि सुरु भएको थियो! हरेक नेताको भाषणमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने कुरो भएपनि लामो समय सम्म यो गफमात्र भयो।
कहिले ठेकेदारहरू काम रोकेर भागे, कहिले बजेट नियन्त्रणबाहिर गयो भन्ने, अनि सरकार फेरबदल हुँदै गर्दा योजना लथालिंग बनाइयो। अन्ततः, पानी आयो तर राम्रो व्यवस्थापन नभएकै कारण समस्या जारी छ।
#3. 33 किलो सुन तस्करी काण्ड – सुन हरायो, सुन टोपलियो!
नेपालमा सुन तस्करीको काण्ड सामान्य हो तर सुन तस्करीको यस्तो जटिल केस कहिल्यै आएको थिएन! नेपाल हुँदै ३३ किलो सुन भित्र्याइयो, तर सुन, कागजात अनि मुख्य दोषीहरू नै हराए!
गोरे डन सहित ६ जना दोषीलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाए पनि उनिहरु तल्लो स्तरको पात्र मात्र हु्न् भन्ने सबै लाई थाहा भएको कुरा नै हो। नेपालमा सुन तस्करी सामान्य कुरा जस्तै भइसकेको छ, तर यो केसले तस्करीमा उच्च पदस्थ व्यक्ति पनि संलग्न हुन सक्छन् भन्ने देखायो!
#2. २०४६ र २०६३ को भ्रष्टाचार – परिवर्तन कि अवसरवाद?
दुईवटा ठूला जनआन्दोलनपछि जनताले परिवर्तनको आशा गरे। तर २०४६ को जनआन्दोलनले राजनितिक पार्टिहरू नजिक प्राईभेट संगठनहरू मोटाउन मात्र मद्दत गरे। त्यसै २०६३ को जनआन्दोलनले धेरै भन्दा धेरै NGO / INGO र तिनिहरू का एजेन्डाहरू भित्र्याउन मद्दत गरे। यो दौरान राजनितिक पार्टिहरू र नेताहरू धेरै धनि भए।
अन्ततः जनआन्दोलनको नाममा जनताको भलो कहिले भएन। लोकतन्त्रका नाममा भ्रष्टाचार मौलायो, पार्टीहरू सत्ताको लागि मात्र खेल्न थाले, र देश झन झन गरिबि र रिनमा डुब्दै गयो।
#1. नेपालका प्रधानमन्त्री खर्च काण्ड – सिंहदरबारको सुनौलो गेटभित्रको रहस्य!
नेपालका प्रधानमन्त्री कार्यालयका विविध खर्चका विवरण सार्वजनिक हुँदा, जनताले सोच्न थाले — सरकारी बजेट कहाँ जान्छ?
करोडौं रुपैयाँ अनावश्यक मद मा खर्च हुने गरेको खुलेपछि, जनताले पारदर्शिता को माग गरे।
तर राजनीति भनेकै ‘जनताको पैसा नेताको मोज’ भन्ने परम्परा कायमै छ! जुनै जोगि आए पनि कानै चिरेका भनेको झैं जुनै प्रधानमन्त्री आए पनि मोज मस्ति मात्र गर्ने परमपरा कायमै छ।
अब त लाग्छ, हाम्रो राजनीति ‘Reality Show’ जस्तो भइसकेको छ, हैन त? तपाईँलाई कुन घोटाला सबैभन्दा ठुलो लाग्यो? कमेन्ट मा लेख्न नभुल्नुहोस्!