नेपाली क्रिकेट सधैं आफ्नो बलिङ प्रदर्शन को लागी परिचित छ। ब्याटिङले काम नगर्दा पनि बलिङ विभागले अनगिन्ती पटक सानो स्कोरको रक्षा गर्दै नेपाललाई जित दिलाएको इतिहास त छदै छ।
यो संस्करणको एनपीएलमा पनि बलिङ धेरै चम्कियो। नेपाली क्रिकेट पिच अलि बलिङमैत्री भएकाले पनि धेरै बलरहरू फस्टाए। त्यसमाथि बलरहरूले आफ्नो कौशल र रणनीतिबाट खेललाई धेरै पटक रोमाञ्चक मोडमा पुर्याए र आफ्नो टिमलाई जित पनि दिलाए। आजको यो लिस्टमा हामी २०२४ का शीर्ष १० बलरहरू प्रस्तुत गर्नेछौं। विकेटको संख्या, इकोनोमी, स्ट्राइक रेट जस्ता विभिन्न मापदण्डका आधारमा यो शीर्ष १० बलरहरूको सूची तयार गरिएको हो।
१०. एमजी इरास्मस (KAG)
- खेल: ७
- विकेट: ११
- इकोनोमी: ५.२
- BBI: ३/१७
- औसत: ११.९
- SR: १३.७२
गेरहार्ड एरासमस नामिबियाका दायाँहाते अफब्रेक बलर हुन्। एनपीएल २०२४ मा उनले काठमाडौँ गुर्खाजको लागि खेल्दै केगि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ७ म्याच खेल्दै ५.२ को इकोनोमी रेटमा ११ विकेट लिएका थिए। उनले सबै भन्दा प्रशंसनीय प्रदर्शन बिराटनगर किंग्सविरुद्धको खेलमा थियो, जहाँ उनले केवल १७ रन खर्चेर ३ विकेट लिएका थिए। गेरहार्ड एरासमस हाम्रो शीर्ष १० बलरको सूचीमा नम्बर १० स्थानमा छन्।
९. मोहम्मद मोहसिन (JAB)
- खेल: ९
- विकेट: १२
- इकोनोमी: ५.७९
- BBI: ३/४०
- औसत: १६.६६
- SR: १७.२५
मोहम्मद मोसिन यूएसएका लेगब्रेक गुग्ली बलर हुन्। एनपीएल २०२४ मा उनले जनकपुर बोल्ट्सको लागि खेल्दै आफूलाई नेपाली क्रिकेटप्रेमी माझ चिनाए। उनले ९ म्याच खेल्दै ५.७९ को इकोनोमी रेटमा १२ विकेट लिएका थिए।
मोसिनले केगि खेलमा राम्रो प्रदर्शन हरे पनि उनको सबै भन्दा सफल प्रदर्शन फाइनलमा देखियो। फाइनलमा उनले ४० रन खर्चेर ३ विकेट लिँदै जनकपुर बोल्ट्सलाई उपाधि जित्न महत्त्वपूर्ण योगदान दिए। मोहम्मद मोसिन एनपीएल २०२४ का नम्बर ९ बलरको रूपमा हाम्रो शीर्ष १० सूचीमा स्थान बनाएका छन्।
८. करण केसी (KAG)
- खेल: ७
- विकेट: १२
- इकोनोमी: ६.३७
- BBI: ४/१६
- औसत: १२.६६
- इकोनोमी: ६.३७
- SR: ११.९१
दायाँहाते फास्ट बलर करण केसी नेपालका भर्पर्दो खेलाडि हुन्। एनपीएल २०२४ मा उनले काठमाडौँ गुर्खाजको लागि खेल्दै केहि प्रसंसकहरुको मन जिते र केहिको आलोचनामा पनि परि। उनिसंग धेरै आशा गरेकोले पनि होला क्रिटिक्सहरु उनिसंग निराश पनि देखिए। नले यो प्रतियोगितामा ७ म्याच खेल्दै ६.३७ को इकोनोमी रेटमा १२ विकेट लिएर सम्मानजनक प्रस्तुति गरे।
उनको सबैभन्दा सान्दार प्रदर्शन चांहि सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा थियो। उनले त्यो खेलमा केवल १६ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याचको उपाधि पनि जिते। करण केसी हाम्रो शीर्ष १० बलरको सूचीमा ८औं स्थानमा।
७. सैफ जैब (SPR)
- खेल: ९
- विकेट: १२
- इकोनोमी: ६.२४
- BBI: ३/३३
- औसत: १२.५८
- SR: १२.०८
इंग्ल्याण्डका अलराउन्डर सैफ अली जैब एक उत्क्रिस्ट स्लो लेफ्ट आर्म orthodox बलर पनि हुन्। एनपीएल २०२४ मा सुदूरपश्चिम रोयल्सको लागि बिस्फोटक ब्याटिंगका साथै उनले बलिङमा पनि प्रभावशाली प्रदर्शन गरे। उनले ९ म्याच खेल्दै ६.२४ को इकोनोमी रेटमा १२ विकेट लिएका थिए।
उनको उत्कृष्ट प्रदर्शन लुम्बिनी लायन्सविरुद्धको खेलमा देखियो, जहाँ उनले ३ विकेट लिँदै केवल ३३ रन खर्चेका थिए। सैफ अली जैब हाम्रो एनपीएल २०२४ का शीर्ष १० बलरको सूचीमा नम्बर ७ स्थानमा।
६. रोहन ढकाल (CHR)
- खेल: ८
- विकेट: १३
- इकोनोमी: ८.०४
- BBI: ३/१०
- औसत: १७.८४
- इकोनोमी: ८.०४
- SR: १३.३
रिजान ढकाल नेपालका उदाउंंदो लेफ्टआर्म मिडियम बलर हुन्। एनपीएल २०२४ मा उनले चितवन राइनोजको लागि खेल्दै उत्कृष्ट बलिन्ग़ प्रदर्शनका साथ आफूलाई नेपाली क्रिकेटजगतमा चिनाए। उनले ८ म्याच खेल्दै ८.०४ को इकोनोमी रेटमा १३ विकेट लिएका थिए। उनको प्रदर्शनको प्रमुख हाइलाइट पोखरा एभेन्जर्सविरुद्धको खेलमा देखियो, जहाँ उनले केवल १० रन खर्चेर ३ विकेट लिएका थिए। रिजान ढकाल हाम्रो एनपीएल २०२४ का शीर्ष १० बलरको सूचीमा नम्बर ६ मा।
५. बिपिन शर्मा (KAY)
- खेल: ८
- विकेट: १३
- इकोनोमी: ५.८९
- BBI: ३/१७
- औसत: १३.१५
- SR: १३.३८
कर्णाली याक्सको लागि खेल्ने बिपिन प्रसाद शर्मा नेपालका युवा स्लो लेफ्ट आर्म orthodox बलर हुन्। एनपीएल २०२४ मा उनले आफ्नो टिमका लागि केगि म्याच विनिन्ग पारी खेलेर धेरैको आंखामा परे। उनले ८ म्याच खेल्दै ५.८९ को इकोनोमी रेटमा १३ विकेट लिएका थिए।
जनकपुर बोल्ट्सविरुद्धको खेलमा उनको प्रदर्शन तारिफयोग्य थियो। त्यो खेलमा उनले १७ रन खर्चेर ३ विकेट लिए। उनले खेलको महत्वपूर्ण चरणमा विकेटहरु लिएर टिमलाई जित दिलाए।बिपिन आफ्नो निरन्तरता र उत्कृष्टता का कारण एनपीएल २०२४ को पहिलो संस्करणका इमर्जिंग प्लेयरको उपाधि जित्न सफल भए। बिपिन प्रसाद शर्मा एनपीएल २०२४ शीर्ष १० बलरको सूचीमा ५ नम्बरमा।
४. किशोर महतो (JAB)
- खेल: १०
- विकेट: १४
- इकोनोमी: ८.०३
- BBI: ४/३५
- औसत: १८.९२
- SR: १४.१४
नेपालका दायाँहाते मिडियम फास्ट बलर किशोर महतोले एनपीएल २०२४ मा जनकपुर बोल्ट्सका लागि केहि महत्वोपूर्ण पारीहरु खेले। जनकपुर बोल्ट्सलाई उपाधि जिताउनको लागि उनको योगदान सराहनिय थियो। उनले १० म्याच खेल्दै ८.०३ को इकोनोमी रेटमा १४ विकेट लिएका थिए।
उनको प्रदर्शनको ठूलो हाइलाइट भने सुदूरपश्चिम रोयल्सविरुद्धको लिग खेलमा थियो, जहाँ उनले ३५ रन खर्चेर ४ विकेट लिएका थिए। साथै, फाइनलमा पनि सुदूरपश्चिम रोयल्सविरुद्ध नै उनले ३ विकेट लिएर जनकपुर बोल्ट्सलाई उपाधि जित्न महत्वपूर्ण योगदान पुर्याए। किशोर महतो एनपीएल २०२४ का नम्बर ४ बलरको रूपमा हाम्रो सूचीमा स्थानमा
३. सोहेल तनवीर (CHR)
- खेल: ८
- विकेट: १४
- इकोनोमी: ५.७३
- BBI: ५/२१
- औसत: १२.४२
- SR: १३
पाकिस्तानका अनुभवी लेफ्ट आर्म मिडियम फास्ट बलर सोहेल तनवीर निकै चर्चित नाम हो। अहिले आफ्नो प्राइम समयमा नभए पनि उनी यस प्रतियोगितामा निकै सफल रह्यो। एनपीएल २०२४ मा उनले चितवन राइनोजको लागि खेल्दै धेरै प्रतिस्पर्धि ब्याट्सम्यानहरु लाई आच्छु आच्छु पारे। उनले ८ म्याच खेल्दै ५.७३ को इकोनोमी रेटमा १४ विकेट लिएका थिए।
उनको प्रदर्शनको सबैभन्दा ठूलो झल्को काठमाण्डौ गुर्खाजविरुद्धको खेलमा देखियो, जहाँ उनले केवल २१ रन खर्चेर ५ विकेट लिँदै प्लेयर अफ द म्याचको उपाधि जितेका थिए। सोहेल तनवीर एनपीएल २०२४ का नम्बर ३ बलरको रूपमा हाम्रो शीर्ष १० सूचीमा स्थान बनाएका छन्।
२. ललित नारायण राजवंशी (JAB)
- खेल: १०
- विकेट: १७
- इकोनोमी: ५.३२
- BBI: ३/८
- औसत: १२.५२
- SR: १४.११
नेपाली क्रिकेटका स्टार बलर ललित राजबंशी एक उत्कृष्ट स्लो लेफ्ट आर्म orthodox बलर हुन्। एनपीएल २०२४ मा उनले जनकपुर बोल्ट्सको लागि खेल्दै आफ्नो शानदार प्रदर्शनले सबैको ध्यान आकर्षित गरे। उनले १० म्याच खेल्दै ५.३२ को उत्कृष्ट इकोनोमी रेटमा १७ विकेट लिदै जनकपुर बोल्ट्सलाई उपाधि जिताउन प्रमुख भुमिका निभाए।
उनको ट्यालेन्टको सबैभन्दा ठूलो झल्को बिराटनगर किंग्सविरुद्धको खेलमा देखियो। त्यो खेलमा केवल ८ रन खर्चेर ३ विकेट लिँदै राजबंशीले प्लेयर अफ द म्याचको उपाधि जिते। उनको धारिलो बलिङले जनकपुर बोल्ट्सलाई एनपीएल २०२४ को उपाधि जित्न महत्वपूर्ण योगदान पुर्याउनका साथै हाम्रो लिस्टको पनि दोस्रो नम्बरमा आफ्नो स्थान बनाए।
१. स्कट कुगेलेइन (SPR)
न्यूज़ील्याण्डका भेट्रान Right Arm Fast Medium Bowler स्कट कुगेलेइनएक एनपीएलको यो संस्करणमा सबैभन्दा सफल बलर हुन्।एनपीएल २०२४ मा सुदूरपश्चिम रोयल्सको लागि खेल्दै उनले धेरै उत्कृष्ट पारिहरु खेले। आफ्नो टिमलाई फाईनल सम्मको यात्रा तय गर्नुमा उनको ठूलो भुमिका थियो। उनले ९ म्याच खेलेर ७.२८ को इकोनोमी रेटमा १७ विकेट लिएका थिए। उनको बलिङले आफ्नो टोलीलाई बारम्बार सफलता दिलाए।
विशेषगरी उनले १८ रन मात्र खर्चेर ५ विकेट लिँदै महत्वपूर्ण भूमिका खेलेका थिए। आफ्नो गतिमा रहेको नियन्त्रण र दबाबका क्षणहरूमा उत्कृष्ट प्रदर्शनका कारण, उनी विपक्षी ब्याटरहरूका लागि एक प्रमुख चुनौती बनेका थिए। स्कट कुगेलेइन एनपीएल २०२४ का नम्बर १ बलरको रूपमा हाम्रो शीर्ष १० सूचीको अग्रस्थानमा छन्।