२०२४ मा नेपालका १० ठूला विवादास्पद घटनाहरू

२०२४ मा नेपालका १० ठूला विवादास्पद घटनाहरू

Politics

काण्डै काण्डैको देश नेपाल।  हरेक वर्ष झैं यो वर्ष पनि धेरै ठूला, रहस्मय र लज्जास्पद काण्डहरु मच्चिए जस्ले सामाजिक सञ्जाल देखि चिया पसल सम्म ठाउँ पाए। २०२४ नेपालका लागि ठूलै राजनीतिक नाटक, चर्चित गिरफ्तारी, प्राकृतिक प्रकोप, र अन्तर्राष्ट्रिय तनावले भरिएको वर्ष रह्यो। यहाँ हामीले १० ठूला विवादास्पद घटनाहरू प्रस्तुत गरेका छौं, जसले देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि चर्चा पायो। 

१०. नयाँ नक्सा भएको नोट

नेपालले मे २०२४ मा १०० रुपैयाँको नयाँ नोट सार्वजनिक गर्‍यो, जसमा कालापानी, लिपुलेक, र लिम्पियाधुरा समावेश गरिएको नक्सा छ। नेपालको आफ्नै भूभागहरू भए पनि यी भूभागहरू लामो समयदेखि भारत र नेपालबीच विवादको विषय रहेका छन्। नेपाल सरकारले २०७७ मा संविधान संशोधन गर्दै यसलाई आफ्नो क्षेत्रभित्र समेटेको थियो। तर, यो नक्सालाई नोटमा समावेश गर्नुलाई भारतले “उक्साहटपूर्ण कदम” भन्दै कडा आपत्ति जनाएको थियो। जबकि धेरै नेपालीले यसलाई राष्ट्रिय स्वाभिमानको मुद्दा माने, केहीले यस कदमको सही समयबारे प्रश्न उठाए।

९. बमजन “बुद्ध बॉय” को गिरफ्तारी

“बुद्ध बॉय” का रूपमा चर्चित राम बहादुर बमजनले २००५ मा जंगलमा ध्यान गर्दै धेरै दिनसम्म अन्न र पानी बिना बसेको दाबीपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडीयाको चर्चामा आए। उनलाई “आधुनिक बुद्ध” को उपमा दिइएको थियो र धेरै भक्तजन पनि बनाउन सफल भएको थियो। तर, समयसँगै उनका आलोचकहरूले उनको व्यवहार र नेतृत्वमाथि प्रश्न उठाउन थाले। २०२४ मा उनलाई नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइयो। यो घटनाले धार्मिक व्यक्तित्वप्रति विश्वास गर्ने र तिनीहरूको जिम्मेवारीबारे गहिरो बहस खडा गर्‍यो।

८. सौर्य एयरलाइन्स दुर्घटना

सौर्य एयरलाइन्सको बम्बार्डियर सीआरजे२०० विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनाग्रस्त  भए पछि नेपालको उड्डयन इतिहास फेरि एकपटक शोकाकुल बन्यो। विगत केही वर्षदेखि आर्थिक संकटमा रहेको यो एयरलाइन्स सुरक्षित व्यवस्थापनको अभावमा आलोचित थियो। सो दुर्घटनामा १८ जनाको मृत्यु भयो तर क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो। तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको कारण दुर्घटना भएको भन्ने प्रतिवेदनमा जनाइए पनि धेरै आलोचकले भने त्यो कुरा मान्न तयार थिएन। यस घटनाले नेपालको उड्डयन सुरक्षाको स्तर सुधार गर्न दबाब बढाउनुका साथै  

७. बालेन शाह बनाम मारवाडी समुदाय

काठमाडौंका मेयर बालेन शाहले पशुपतिनाथ गौशाला धर्मशालाको व्यवस्थापनमा मारवाडी समुदायमाथि आर्थिक हिनामिनाको आरोप लगाएपछि विवाद शुरु भयो। गौशाला धर्मशालालाई राम्रो व्यवस्थापन गर्न मेयरको ठाडो हस्तक्षेपलाई केहीले समर्थन गरे भने, केहीले यसलाई समुदाय विशेषमाथिको आक्रमण माने। यो मुद्दाले धार्मिक स्थलको पारदर्शिता, प्रशासनिक जिम्मेवारी, र सांस्कृतिक भावनाको विषयमा ठूलो बहस खडा गर्‍यो। मेयर बालेन शाहले पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशालाको जिम्मेवारी महानगरलाई दिए पनि प्रहरीले मारवाडी सेवा समितिलाई सहयोग गरिरहेको दाबी पछि यो मुद्दा झन बल्झिएको थियो।

६. कैलाश सिरोहिया पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीले देशभरि नै हलचल मच्चायो। उनलाई नागरिकता कागजातमा भएको असंगतिका कारण गिरफ्तार गरिएको बताइएको थियो। तर, धेरैले यसलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण माने, किनकि सिरोहियाको मिडियाले उपप्रधानमन्त्री रवि लामिछानेमाथिका भ्रष्टाचार आरोपको बारेमा रिपोर्ट गरिरहेको थियो। यस घटनाले नेपालमा प्रेस स्वतन्त्रताको अवस्थालाई लिएर गम्भीर प्रश्न खडा गरेको थियो। साथसाथै अर्को समुहले भने ठूला अझ गमभिर्तापूर्ण सगं अनुसन्धान गर्नु पर्ने माग राखेको थियो। 

५. काठमाडौंको बाढी र सरकारको आलोचना

नेपालमा सेप्टेम्बरमा भारि बर्षाको कारणले आएको बाढीले २२८ भन्दा बढीको ज्यान लिनुको साथै हजार भन्दा मानिस विस्थापित पारेको थियो । काठमाडौं उपत्यकामै बाढीले डुबानमा पारे पनि सरकारले केहि गर्नु नसकेकोले जनता सार्है आक्रोशित थियो र सरकारको ढिलो राहत कार्य मुख्य चर्चाको बिन्दु बनेको थियो।जनताले सरकारलाई असक्षम र अकर्मण्य ठहर गरे। सामाजिक सञ्जालभरि सरकारको लापरवाहीको निन्दा भयो।

४. प्रचण्ड सरकारको पतन

लज्जास्पद कुरा हो तर नेपाली राजनीति म्युजिकल चेयरको खेल हो भन्दा फरक नपर्ला।  प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार एमालेले समर्थन फिर्ता लिएपछि गठबन्धन सरकार असफल भयो। गठबन्धन धेरै चोटि परिवर्तन भए पनि नागरिकहरूले यो सरकार चाँडै पतन हुने आशा गरेका थिएनन। यो घटना प्रचण्ड र केपी ओलीको पुरानै प्रतिस्पर्धा र सत्ता समीकरणको अस्थिरताको कारण भएको विश्लेशकहरुको टिप्पनि थियो। सत्तारुढ गठबन्धन फुटेपछि प्रचण्डले राजीनामा दिए र केपी ओली फेरि प्रधानमन्त्री बने। यो घटनाले नेपाली राजनीतिको अस्थिरतालाई झल्कायो।

३. दुर्गा प्रसाईँको गिरफ्तारी

व्यवसायी दुर्गा प्रसाईँले केपी ओलीले कम्बोडियामा गरेको गोप्य लगानीको विवरण सार्वजनिक गरे। यो खुलासापछि उनलाई साईबर क्राइमको आरोपमा गिरफ्तार गरियो। धेरैले यो गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा हेर्‍यो। यस घटनाले नेपालमा राजनीतिक शक्तिले कानूनी प्रक्रियालाई कसरी प्रभावित गर्न सक्छ भन्ने कुरालाई सतहमा ल्यायो। धेरै नेपालीले दुर्गा प्रसाईंलाई समर्थन गर्दै केपी ओलीको लगानीलाई थप अनुसन्धान गर्न अपिल गरे भने धेरै नेपालीले झुटा समाचार बनाएको भन्दै दुर्गा प्रसाईंको विरोध गरे।

२. रवि लामिछानेको गिरफ्तारी

रवि लामिछानेको राजनीतिक करियर सिनेमाभन्दा कम छैन । पत्रकारदेखि गृहमन्त्रीसम्म र गृहमन्त्री देखि ठगिको आरोपमा गिरफ्तारीले नेपालीलाई स्तब्ध बनाएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक बनेर विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप उनीमाथि लगाइएको थियो र गत कात्तिक २ गते लामिछानेलाई नेपाल प्रहरीले आफ्नै पार्टी कार्यालयबाट पक्राउ गर्‍यो । सहकारीले लाखौं नेपालीलाई ठगी गरेको आरोप थियो र रवि माथि। लामिछानेका समर्थकहरूले यसलाई राजनीतिक षड्यन्त्र भने पनि, उनका आलोचकहरूले यो घटनालाई भ्रष्टाचारविरुद्धको लडाइँका रूपमा लिए। यो घटनाले सहकारी प्रणालीको निगरानी र पारदर्शिताबारे व्यापक बहस गरायो। 

१. केपी ओलीको चीन भ्रमण र बीआरआई सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीको २०२४ को चीन भ्रमण र बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत भएको सम्झौताले नेपालमा पूर्वाधार विकासका सम्भावना ल्याए तापनि आन्तरिक र बाह्य राजनीतिक तहमा विवाद उत्पन्न गर्‍यो। समर्थकहरूले यसलाई आर्थिक विकास र चीनसँगको सम्बन्ध सुदृढ गर्ने कदमका रूपमा हेरे, जबकि आलोचकहरूले ऋणको जोखिम र राष्ट्रिय स्वाधीनता कम हुने सम्भावनाको विषयमा चिन्ता व्यक्त गरे।

यस घटनाले नेपाल-भारत सम्बन्धमा तनाव ल्यायो, भारतले यसलाई चीनसँगको नेपालको बढ्दो निकटताका रूपमा हेरे। चीनले भने यसलाई आफ्नो क्षेत्रीय विकास रणनीतिमा थप उपलब्धिका रूपमा लिएको छ। यसैगरी, अमेरिकाले पनि यस परियोजनामा चिन्ता व्यक्त गर्दै ऋणको दायित्वबारे चेतावनी दिएको छ। यो सम्झौता नेपालका लागि आर्थिक र रणनीतिक निर्णयका दृष्टिले महत्वपूर्ण भए पनि यो २०२४ को नेपाली राजनीतिमा सबैभन्दा विवादास्पद विषय बन्यो।

२०२४ नेपालका लागि धेरै उतारचढावको वर्ष रह्यो। यी घटनाहरूले देशलाई भावनात्मक, राजनीतिक, र आर्थिक रूपमा naramro sanga hallayo अब २०२५ मा यी घटनाहरूले कस्तो असर पार्छ भन्ने हेर्न बाँकी छ। तपाईंको यी घटनाबारे के धारणा छ? तल कमेन्ट गर्नुहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *