नेपालमा र्याप गीत प्रतिको आर्कषण गत दशक यता बढ्दो देखिन्छ। २०१० को दशकतिर यम बुद्ध र “र बार्स्को टिमले” ल्याएको र्याप क्रान्तिले आजको दिनमा आएर नयाँ उचाई छोएको छ। नेपालमा र्याप संगीतमा आएको यो लहरले विभिन्न प्रकारका र्याप संगीतका साथै थुप्रै नयाँ र्याप प्रतिभाहरू जन्माए। चर्चित र्याप शो “र बार्स” बाट उदाएका लाहुरे, भि टेन, युनिक पोइट, साकार जस्ता र्यापरहरु आजका चर्चित नामहरु हुन।
युवाहरूमाझ प्रायः लोकप्रिय, यो विधा जातिवाद, गरिबी र राजनीतिक उत्पीडन जस्ता सामाजिक र राजनीतिक मुद्दाहरू ल्याउने एक शक्तिशाली उपकरणको रूपमा चिनिन्छ। तर हामीसँग ती अभिव्यक्तिहरू धेरै कम छन्, बरु हामीले धेरैजसो अश्लीलता, असभ्य संस्कृति देखेका छौं। त्यो भन्दैमा नेपालमा गुणस्तरिय र्याप संगीत नआएको चांहि पक्कै हैन।
राम्रो र नराम्रो संगीत र्याप विधामा मात्र नभई हरेक विधामा हरेक वर्ष बनाइन्छ। त्यसैले त हामी यहाँ तपाईंको लागि राम्रो संगीत चयन गर्न आएका छौं। आउनु होस हेरौ हाम्रो लिस्टमा पर्न सफल २०२४ को टप १० र्याप गीतहरु |
१०) कहिले काहिँ – दोङ्
पर्सनल एक्सप्रेसन र अनुभुतिहरुलाइ व्यक्त गरिएको र्याप सङ्गित हो यो । महेश तामाङ्ग ए. के .ए दोङ् को यो र्याप गीत १५ लाख भन्दा बढीले सुनिसकेका छन्। गीतका शब्दहरू आत्मपरक छन्, जसले आत्मचिन्तन र महत्त्वाकांक्षाका विषशहरूलाई पोएटिक रूपमा प्रस्तुत गर्दै श्रोताहरूलाई तान्छ। गीतको ऊर्जा महसुस गर्न सकिने खालको छ, जहाँ डोङको आत्मविश्वासी प्रस्तुति तीव्र बीटसँग मिलेर एकदमै सटीक लाग्छ। SNJVले प्रोड्युस गरेको यो गीतले नयाँ टेस्ट ल्याएको छ । लोकप्रियता र नयाँ टेस्टलाई मध्यनज़र गरि यो हाम्रो १० औ स्थानमा परेको छ।
९) आइज – कवि जी र दोङ्
बिदेश कार्की ए.के.ए कवि जी को र्याप फ्लो र म्युजिक नै सुनुम सुमुम बनाउने खालको त छदै छ र त्यसमाथि दोङ् संगको कोलाबोरेसन। कवी जीको लेखाइ निकै उत्कृष्ट छ, र डोङका भर्सहरूले ऊर्जा थप्छन्, जसले यो गीतलाई अझ उचाइमा पुर्याउँछ। बीट्स दमदार छन्, शान्त तर प्रभावशाली, जसले तपाईंको टाउको आफैं डुलाउन थालछन। ३० लाख भन्दा बढीले सुनिसकेको छ यो गीत बासुरीको धुन, उस्तै र्याप र युनिक इस्टायलको कारण ९ औ स्थानमा भन्दा अझै माथि हुनु पर्ने गीत हो। यसैबाट देख्न सक्नु हुन्छ कति गाह्रो बन्दैछ गीत छान्न भनेर।
८) कडक नेपाली – याबी
यो बिपिन चन्दं ए.के.ए याबिको कडक नेपाली अ्यालबमको टाइटल ट्रयाक हो । अहिले युट्युबको म्युजिकमा ११ औ स्थानमा यो गीत रहेको छ । रिलिज भएको १ महिना नपुग्दैँ ४ लाख भन्दा बढीले यो गीत सुनि सकेका छन्। यो गीत प्रड्युस भने जोभिसले गरेका हुन्। लिरिकल म्युजिक सुन्नेमा पर्नु हुन्छ भने सुन्न होला । अनुभबलाई नै संगालेर बनाइएको गीत हो कडक नेपाली। केहिँ नौलो टच, सिम्प्लिसिटी, र भियूजलाई हेरेर हामीले यसलाई ८ औ स्थानमा राखेका छौ।
७) आमा – जी बब
सुदिप भन्डारी ए. के .ए जी बब गत केहि बर्ष यता सबैभन्दा छिटो उदाउने नेपाली र्यापर हुन्। अत्याधिक लागूऔषध सेवनका कारण विवादमा परेपनि उनी यो उत्कृष्ट गीत लिएर फर्किएका छन् । उनको आमा गीत छोराले आमाको लागि लेखिएको गीत हो। ४ लाख भन्दा पनि बढीले रिलिज भएको दिन देखि सुनिसकेका यो गीत हाम्रो लिस्टको ७ नम्बरमा परेको छ। यो गीतको शब्द र त्यसभित्र व्यक्त गरिएको भावना प्रशंसनीय छ। जी बब आफ्नो लिरिकल स्कीलको लागि चर्चित छन् र यो गीतमा उनले आफ्नो कला देखाएका छन्। लिरिकल देप्थ र गतिलो आर्टलाई हेरेर नै हामीले यसलाई ७ औ स्थानमा राखेका छौ।
६) Don’t Judge Me – भि टेन
गीत शुरु हुन्छ डिश्क्लेमरबाट, र अडल्टको लागि मात्र भनेर । लिरिक्स कस्तो होला भनेर सोचि सक्नु भइसक्नु नै भयो होला । यो गीतको भिडियो निर्देशन, अभिनय, प्रस्तुत सबै समिर घिसिङ ए. के. ए भिटेन आफैले नै गरेका हुन्। गीत रिलिज भएको ८ महिना सम्ममा आउँदा ६५ लाख भन्दा बढी दर्शकले यो गीत सुनिसककेका छन्। र्याप म्युजिकमा आफ्नो नाम गन्यहरुको सुचिमा राख्न सफल भि टेनको यो गीत पनि उनको दर्शक, र शुभचिन्तकले रुचाए । यसमा एक किसिमको न्याग गर्ने सामाजिक कार्य प्रति आक्रोस पोखेको भेटिन्छ । बिट, र लिरिकल फ्लो भने गज्जब कै छ । यसले पाएको भियूजले हामीले यो गीतलाई ६ औ स्थानमा राखेका हौ।
५) तिम्रो मुड – DJ Bishow Ft. YABITheGOAT, & 5:55
“तिम्रो मुड” बिस्व बराल ए.के.ए डिजे बिस्वले प्रड्युस गरेको गीत हो जस्मा याबि द गोट ए.के.ए बिपिन चन्द , चिराग खड्का ए.के.ए ५: ५५ लाई फिचर गरिएको छ । सुनिराखुम जस्तो कोरस र लिरिकल र्यापको कम्बोले यो गीतलाई ५० लाख भन्दा भिउज पाउन मद्दत गरेको छ । यसमा चिल भाइब्स र पार्टी फिल्सको मिश्रण छ, जुन लगभग कुनै पनि मुडका लागि उपयुक्त हुन्छ। संगीतको हिसाबले, यो गीतमा ऊर्जा भरिएको छ, जसले भर्स र हुकको बीचको प्रवाहलाई सहज बनाउँछ। याबी र चिरागको केमिस्ट्री निकै प्राकृतिक छ, र उनीहरूको प्रस्तुतीले गीतमा गहिराइ र शैली थप्छ। यसले दिएको हाईपलाई हेरेर नै हामीले यसलाई ५ औ स्थानमा राखेका छौ।
४) Amsterdam – Jamesy
अक्टोवर, २०२४ मा प्रिमियर भएको यो गीत ५० लाख भन्दा बढीले सुनिसकेका छन्। २ महिनाको अवधिमा यति भ्युज आउनु राम्रो पर्फमेन्समा गन्न सकिन्छ । यो गीत जेम्सी नाम गरेका आर्टिस्टले लेखेका, र पर्फम गरेका हुन्। उनको रियल नाम भने डिस्क्लोज गरेको भने छैन । गीतका शब्दहरूले यात्राप्रतिको चाहना व्यक्त गर्छन्, जसले तपाईंलाई आफ्नै विचारमा डुब्न लगाउँदै संगीतसँग रमाउन प्रेरित गर्छ। बीट्स एकदमै सहज छन्, जहाँ रिल्याक्स्ड तर आकर्षक रिदमले जेम्सीको भोकल प्रस्तुतिलाई पूर्णरूपमा पूरक बनाउँछ। मेलोडिले भरिएको यो र्याप गीतलाई दर्शकले दिएको मायालाई मध्यनजर गरेर हामीले ४ औ स्थानमा राखेका छौ।
३) Heavy – Uniq Poet ft. Maya
यो गीतलाई एकदमै नयाँ टेस्ट भन्नु पर्छ नेपाली र्याप म्युजिकमा । यो गीतमा युनिक पोएटको आवाजसँग एआई जेनेरेट गरिएको आवाजसंग मिश्रन गरिएर नयाँ प्रवृत्ति ल्याउने प्रयास गरेको छ। युनिक पोएटको मिठो र्याप र ब्ल्याक मिर्रर सिरिजबाट प्रेरित भिडियो कन्सेप्ट र श्रीजन स्यामको निर्दशनको रिजल्ट एकदमै दामी। फिचर गरिएको मायाको स्वर ए .आइ जेनेरेटेड अडियो हो । सुदिङ् र सुरिलो ।
गीतका शब्दहरूले संघर्ष, दृढता, र व्यक्तिगत विकासका कथाहरूलाई गहिरो रूपमा उजागर गर्छन्। बीट्स एकदम सन्तुलित छन्—गहिरा र स्मूद, जहाँ ओन्ड स्कूल हिप-हप भाइब्स र आधुनिक प्रोडक्सनको उत्कृष्ट मिश्रण देख्न पाइन्छ। अहिले सम्ममा ४ लाख भन्दाले धेरैले यो गीत सुनिसकेका छन्। यो आर्टलाई मध्यनजर गरेर हामीले यसलाई हाम्रो लिस्टको ३ औ स्थानमा राखेका छौ। तर अझै माथि राखे पनि यो गीतले न्याय नै गर्छ। नेपाली र्याप म्युजिकको लागि नै राम्रो उपलब्धि भन्न सकिन्छ यो गीतलाई।
२) KEFAL HALUK- Nawaj Ansari
नवाज अन्सारीको “केफल हलुक” फरक शैली, फ्लो राम्रो, र यो एउटा अर्को र्यापरलाई डिस हानिएको र्याप भिडियो हो । भिडियोमा लगाएको मिहिनेत छर्लङ्गै देखिन्छ । डिस कन्टेन्ट र्याप म्युजिक भित्र कमन नै हो भन्दा गलत हुदैँन तर सहि संग प्रस्तुत गर्ने सक्ने कला सबै संग हुदैन। नवाज अन्सारीको यो गीतको सब्दले डिसलाई न्याय दिएको छ । बिट एकदमै क्याचि चाहिँ छ । लिरिकल फ्लोमा र्यापरको स्कील राम्ररी देखिन्छ।
अहिले सम्ममा ४० लाख भन्दाले धेरैले यो गीत सुनिसकेका छन्। र यो गीतको टाइटलको अर्थ अरबीकमा हो, how are you? यसले पाएको भिउज् , कन्टेन्टको क्वलिटीले यसलाई हाम्रो लिस्टको २ औ स्थानमा ल्याइ पुराएको छ।
१) SPEED – 5:55
लिरिक्स विथ मिनिङ्ग भन्न सकिने गीत । सङ्गर्षको समयको शब्द । चिराग खड्का ए. के. ए ५:५५ को फ्लो र शब्दको गहिराई यो र्यापमा भेटिन्छ । गीतका शब्दहरू सिमाना तोड्न, छिटो जीवन जिउन र यात्राको आनन्द लिनका बारेमा छन्। यसमा तीव्र, आत्मविश्वासी भावनाले भरिएको vibe छ जसले तपाईंलाई संसारसँग जुध्न उर्जा दिन्छ।
बीट्स एकदमै क्रिस्प र पञ्ची छन्, जसले गीतको उच्च-ऊर्जा भावनालाई पूर्णरूपमा समेट्छ। गतिशील रिदम, इलेक्ट्रोनिक तत्वहरूको संयोजन र बास-ह्यावी ड्रप्सले यो गीतलाई विशेष बनाएको छ । रिलिज भएदेखि यो गीत ६० लाख भन्दा बढीले सुनिसकेका छन्। यस्को लिरिकल डेप्थ, उच्च उर्जा, बीट्स र बास-ह्यावी ड्रप्सले नै यसलाई हाम्रो लिस्तको पहिलो स्थानमा पर्न सफल बनाएको हो । कम्पिटिशनको जवानामा म आफ्नै इस्पीडमा हिड्छु भन्ने संदेश यो गीतले दिन्छ। आर्टलाई मोटिभेशनको लागि प्रयोग, भिउज पनि उत्तिनै, र सबै कुरालाई मान्यता दिएर हामीले यसलाई शीर्ष १ स्थानमा राखेका हौ।
यिनी थिए हाम्रो २०२४ को टप १० र्याप गीतहरु, र हामी आशावादी छौ २०२५मा अझै राम्रा राम्रा र्याप गीतहरु हामी सुन्न पाउने छौ भनेर। अहिलेको लागि यत्तिनै।