नेपाली सिनेमा वर्ष २०२४ मा महत्त्वपूर्ण उचाइमा पुगेको छ। धेरै फिल्मले घरेलु बजारमा ब्यवसायिक सफलता कमाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि ख्याति कमाएका छन्। यस वर्ष धेरै राम्रा र महत्त्वपूर्ण फिल्महरू निर्माण भएका थिए र हामीलाई शीर्ष दश छनोट गर्न सजिलो थिएन। यद्यपि हाम्रो टोलीले यस वर्ष शीर्ष दश फिल्महरू छनौट गर्नका लागि कथा, चलचित्र निर्माण, दर्शक र समीक्षकको माया र प्राविधिक पक्षहरू जस्ता धेरै पक्षहरूको विश्लेषण गरेर यो लिस्ट बनाएका छौं।
आउनुहोस्, २०२४ मा कुन कुन चलचित्रले १० उत्कृष्ट स्थान पाएको छ यो लेखमा पढौं।
१०. ह्रस्व दीर्घ
नेपाली फिल्मको यस वर्षको उत्कृष्ट टप १० सूचीमा ह्रस्व दीर्घ लाई १०औं स्थानमा राखेका छौं। सेप्टेम्बर २७, २०२४ मा प्रदर्शन भएको यो चलचित्रले दर्शकहरूको मन जित्ने मात्र होइन, नेपाली र तेलुगु फिल्म निर्माणको एक सुन्दर साझेदारी प्रस्तुत गर्यो।
यो फिल्मले एकदमै रोचक कथा प्रस्तुत गर्नुका साथै तेलुगु फिल्मका सुपरस्टार ब्राह्मानन्दम लाई नेपाली फिल्ममा डेब्यू गराएर विशेष चर्चा कमायो। त्यस्तै, हरिहर अधिकारी र नीता ढुंगाना को अभिनयले पनि फिल्मलाई सशक्त बनायो। बक्स अफिसमा पनि यसको कमाई उल्लेखनीय रह्यो, जसले यो फिल्मलाई घरेलु मात्र नभई अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्यायो।
निर्देशक चन्द्र पन्त ले छायांकन र सम्पादनमा निकै मेहनत गरेको स्पष्ट देखिन्छ। दृश्यहरूलाई जिवन्त बनाउने ध्वनि डिजाइन, मनमोहक छायांकन, र कथाको सहज प्रस्तुति फिल्मको प्राविधिक पक्षलाई उत्कृष्ट बनायो। हास्यदेखि गम्भीर भावसम्मको सन्तुलनले यो फिल्मलाई विशेष बनायो। ह्रस्व दीर्घ हाम्रो सूचीमा १०औं स्थानमा पर्नुको मुख्य कारण यसको नयाँपन, र घरेलु सिनेमा उद्योगलाई फरक स्तरमा पुर्याउन गरेको योगदान हो।
९. तेल भिसा
हाम्रो २०२४ का उत्कृष्ट १० नेपाली चलचित्र को सूचीमा नवौं स्थानमा रहेको तेल भिसा एकदमै मन छुने पारिवारिक कथा हो। निर्देशक शंकर घिमिरेले यो चलचित्रमा नेपाली र विदेशी संस्कृतिको द्वन्द्वलाई निकै सरल तर प्रभावकारी तरिकाले प्रस्तुत गर्नुभएको छ।
फिल्मले राधाको कथा बुनिएको छ, जो आफ्नो छोरा र गर्भवती बुहारीलाई सघाउन अमेरिका पुग्छिन्। तर, उनको परम्परागत नेपाली पालनपोषण शैलीले केही कानुनी चुनौती निम्त्याउँछ। यो चुनौतीलाई पारिवारिक सहयोग र वकिलको समझदारीले कसरी समाधान गरिन्छ भन्ने पक्ष फिल्मको मुख्य आकर्षण हो।
नोभेम्बर २२, २०२४ मा प्रदर्शन भएको तेल भिसा ले नेपाली बक्स अफिसमा राम्रो कमाई गर्यो। फिल्मको गहिरो विषयवस्तु र उत्कृष्ट कलाकारहरूको कारणले यसले दर्शकहरूको मन जित्न सफल भयो। मुख्यत: शहरी क्षेत्र र विदेशी नेपाली दर्शकमाझ यसले उल्लेखनीय लोकप्रियता हासिल गर्यो।
निर्देशक शंकर घिमिरेले कथा र दृश्यहरूको सन्तुलनमा निकै राम्रो काम गर्नुभएको छ। फिल्मको छायांकनले नेपाली र अमेरिकी परिवेशको भिन्नतालाई प्रभावकारी तरिकाले प्रस्तुत गर्दछ। ध्वनि डिजाईन र सम्पादनले पनि भावनात्मक पक्षलाई बलियो बनाउन मद्दत पुर्याएको छ।
तेल भिसा लाई समीक्षकहरूले सांस्कृतिक द्वन्द्व र पारिवारिक सम्बन्धको उत्कृष्ट चित्रणका लागि प्रशंसा गरे। विपिन कार्की र वर्षा राउतको अभिनयले दर्शकहरूको मन जित्यो भने बुद्धि तामाङ र ऋचा घिमिरेजस्ता सहायक पात्रहरूले कथा अझै समृद्ध बनाएका छन्। तेल भिसा हाम्रो सूचीमा नवौं स्थानमा पर्नुको मुख्य कारण यसको गहिरो कथा, उत्कृष्ट अभिनय, र दर्शकहरूको सकारात्मक प्रतिक्रिया हो।
८. १२ गाउँ
“१२ गाउँ” हाम्रो २०२४ का शीर्ष १० नेपाली चलचित्रहरूको सूचीमा आठौं स्थानमा छ, र यसको कारणहरू पर्याप्त छन्! यो चलचित्रले नेपाली सिनेमामा नयाँ ऊर्जा ल्याएको छ। यो फिल्म अभिनेता बिराज भट्टको कमब्याक फिल्म मात्र नभएर उनका छोरा समीर भट्टको डेब्यु पनि हो। बुबा-छोराको यो अनोठो जोडीले दर्शकहरूलाई सिनेमाघरतिर आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
“१२ गाउँ” ले नेपाली बक्स अफिसमा उत्कृष्ट कमाई गरेको छ। विशेषगरी दशैंको फूलपातीमा रिलिज भएको यस फिल्मले शुरुआती दिनमै उल्लेखनीय कलेक्शन गर्न सफल भयो। यसको आकर्षणले दर्शकहरूको भीड सिनेमाघरमा तान्न सकेको छ, जसले गर्दा यो २०२४ का सफल फिल्महरूमा गनियो।
चलचित्रले आफ्ना सशक्त एक्सन दृश्यहरू र उच्च स्तरीय स्टन्ट कोरियोग्राफीका लागि चर्चा बटुल्न सफल भएको छ। बिराज भट्टलेनिर्देशन गरेका यस फिल्मले नेपाली एक्सन सिनेमालाई दक्षिण भारतीय स्तरमा पुर्याएको महसुस गराउँछ। दर्शकहरूले फिल्मको एक्सन, इमोशनल कथानक र बिराज भट्टको कमब्याकलाई निकै मन पराएका छन्। उनका छोरा समीर भट्टले पनि आफ्नो पहिलो प्रदर्शनमा उत्कृष्ट नृत्य र अभिनय कौशल देखाएर आलोचकहरूको मन जितेका छन्। समीक्षकहरूले फिल्मको सामाजिक सन्देश र मनोरञ्जनात्मक पक्षको तारिफ गरेका छन्।
“१२ गाउँ” को कथा, प्रविधिक पक्ष, र बक्स अफिस सफलता साँच्चै प्रशंसनीय छ। तर, केही कथानक पक्षमा सुधारको आवश्यकता रहेको महसुस गरिन्छ। त्यसैले, यो चलचित्रलाई हामीले नम्बर ८ मा राख्यौं।
७. महाजात्रा
महाजात्रा २०२४ को हाम्रो टप १० चलचित्रहरूको सातौं स्थानमा छ। यो चलचित्रको बॉक्स अफिस प्रदर्शन धेरै सफल रह्यो, र खासगरी नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनायो। सिड्नी, अष्ट्रेलियामा यस फिल्मले २८ शोजसँग नयाँ रेकर्ड बनाएको थियो, जुन यो चलचित्रको अन्तर्राष्ट्रिय सफलता झल्काउँछ। न केवल अष्ट्रेलिया, यसले विभिन्न मुलुकहरूमा पनि राम्रो प्रतिक्रिया प्राप्त गर्यो।
फिल्म निर्माणको हिसाबले, “महाजात्रा” प्रदीप भट्टराईको निर्देशनमा आएको हो र यसले “जात्रा” श्रृंखलाको अर्को कडीको रूपमा दर्शकहरूको मन जितेको छ। फिल्मको पटकथा र क्यारेक्टरहरू, विशेष गरी बिपिन कार्की, रबिन्द्र सिंह बनिया, र रबिन्द्र झा द्वारा निभाइएका पात्रहरूको अभिनयले फिल्मलाई मजबुत बनाएको छ। कथा सरल र चाखलाग्दो भए पनि, केही स्थानमा अर्को जत्रा जस्तै थोरै खिचिएको महसुस हुन सक्छ।
फिल्मले नेपाली दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ २ IMDBमा सम्मानजनक 7.6 को स्कोर ल्याउन सफल भयेको छ। फिल्मको हास्य र सामाजिक टिप्पणीले यसको प्रभावलाई अझ बलियो बनाएको छ। यद्यपि, केहि सिनहरुले जबरजस्ती हसाउन खोजेको जस्तो चाहि महसुस हुन्छ।
यस चलचित्रको प्राविधिक विवरण पनि सराहनीय छ। विशेष गरी यो चलचित्रको संगीत र सिनेमाटोग्राफी राम्रो थियो, जसले फिल्मको समग्र अनुभवलाई अझ बढी आकर्षक बनायो। तर, लडाइँको दृश्यहरूमा आवाजको प्रभाव राम्रो नगरेको देखिन्छ, जसले दर्शकलाई अलि असन्तुष्ट बनाउन सक्छ।
हामीले “महाजात्रा” लाई सातौं स्थानमा राखेका छौं, किनकि यो चलचित्रको कथाले नेपाली समाजका सबै तहका व्यक्तिहरूसँग जोड्न सक्षम भएको छ। यद्यपि यसको केही समस्या छन्, जुन फिल्मको कथा र पट्कथामा थोरै खिचाव महसुस गराउँछ, तर समग्रमा यो फिल्म्को मनोरञ्जन र सामाजिक सन्देशले यसलाई योग्य स्थान दिन्छ।
६. पुजार सार्की
हाम्रो २०२४ को उत्कृष्ट नेपाली चलचित्रहरूको सूचीमा “पुजार सार्की” ले ६ औं स्थान ओगटेको छ। जातीय भेदभावको विरोधमा एउटा शक्तिशाली संदेश दिने यो चलचित्रमा तीन प्रमुख पात्रहरू – आर्यन सिग्देल, प्रदीप खड्का र पॉल शाहको मुख्य भूमिका छ, र उनिहरु द्वारा जातीय भेदभावको बिरुद्ध एउटा गहिरो सामाजिक मुद्दा उजागर गरेको छ ।
“पुजार सार्की” को निर्माण पक्ष अत्यन्तै प्रभावशाली छ। निर्देशक दिनेश राउतको नेतृत्वमा यस फिल्मले समग्रमा उत्क्रिस्ट छायांकन र प्राविधिक कार्यको प्रदर्शनी गरेको छ। चलचित्रमा समावेश गरिएको संगीत र सम्पादनले यसको भावनात्मक गहिराइलाई अझ प्रभावकारी बनाएको छ। खासगरी, फिल्मको कास्टिङ र प्रोडक्शन डिजाइन दर्शकलाई वास्तविकतासँग जोड्न सफल भएको छ
यो फिल्म सामाजिक सन्देशको पक्षमा उभिएको छ र क्रिटीक्सहरूले यसलाई अत्यधिक सराहना गरेका छन्। “पुजार सार्की” ले दर्शकहरूलाई जातीय भेदभावको वास्तविकता र यससँग जुझ्नुपर्ने चुनौतीहरूको बारेमा सोच्न विवश पार्न सफल भएको छ। फिल्मले राम्रो व्यापार गरेको छ र दर्शकहरूका बीचमा पनि ठूलो चर्चा पाएको छ।
एउटा गहिरो सामाजिक सन्देश सन्गै अभिनय, निर्देशन र प्राविधिक पक्ष पनि उत्कृष्ट भयेकोले हामीले “पुजार सार्की” लाई २०२४ का टॉप १० चलचित्रहरूको सूचीमा ६ औं स्थानमा राखेका छौं। फिल्मले दर्शकलाई मात्र मनोरञ्जनित नगरी सामाजिक र मानसिक परिवर्तनको आवश्यकता पनि संकेत गर्दछ। यसका पात्रहरूको प्रदर्शन, विशेष गरी प्रमुख कलाकारहरूको अभिनय, दर्शकहरूको हृदयमा एक गहिरो प्रभाव छोड्न सफल भएको छ।
५. बिहुली from मेघौली
“बेहुली from मेघौली” २०२४ को एक सफल फिल्म हो जसले दर्शकहरूलाई आफ्नो गहिरो कथा र उत्कृष्ट अभिनयले प्रभावित गरेको छ। यो फिल्म २०२४ को अक्टोबर महिनामा रिलिज भएको थियो र यो नेपाली सिनेमा जगतमा एक नयाँ प्रकारको भावना र कथा प्रस्तुत गर्ने प्रयास गरेको थियो । फिल्मको निर्देशन साजन काफ्ले र आकाश बरालले गरेका छन्।
यस फिल्ममा मुख्य पात्रको रूपमा स्वस्तिमा खड्काको अभिनय निकै मनमोहक छ। उनले फिल्ममा देखाएको अभिनय, विशेष गरी भावनात्मक दृश्यहरूले दर्शकहरूको दिलमा गहिरो प्रभाव पार्दछ। स्वस्तिमाले आफ्नो पात्रको पीडा र सशक्तता सँगसँगै देखाउने क्षमता देखाउँछिन्, जसले उनलाई नेपाली सिनेमा क्षेत्रमा एउटा भर्साटाइल नाईकाका रूप्मा चिनाउन अझ मदत गरेको छ । निश्चल बस्नेतसँगको उनको अभिनयको केमिस्ट्री पनि अत्यन्तै आकर्षक छ, जसले फिल्मलाई अझ जीवंत र प्रभावकारी बनाउँछ।
यो फिल्म बक्स अफिसमा अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सफल भएको छ, विशेष गरी शहरी क्षेत्रमा। यद्यपि, फिल्मले अन्य ठूला व्यावसायिक हिटहरूको तुलनामा रेकर्ड तोडेको छैन, तर यसको स्थिर प्रदर्शनले यो प्रमाणित गर्छ कि दर्शकहरूलाई यस फिल्मको कथा र भावनात्मक गहिराई मन परेको छ।
यसका सिनेमाटोग्राफरले मेघौलीको ग्रामीण दृश्यलाई एकदमै आकर्षक तरिकाले प्रस्तुत गरेको छ। फिल्मका निर्देशक साजन काफ्ले र आकाश बरालले कथा सुनाउन र भावनात्मक गहिराइलाई ध्यानमा राखेर राम्रो काम गरेका छन्। फिल्मले समीक्षकहरूको सकारात्मक प्रतिक्रिया पाएको छ। विशेष गरी स्वस्तिमा खड्काको अभिनयको सराहना गरिएको छ। फिल्मको कथाले प्रेम र व्यक्तिगत संघर्षलाई राम्रोसँग प्रस्तुत गरेको छ, जसले दर्शकहरूलाई राम्रोसँग जडान गर्न मद्दत पुर्याएको छ।
४. दयारानी (Dayarani)
२०२४ का उत्कृष्ट १० नेपाली चलचित्रहरूको सूचीमा “दयारानी” ४ औं स्थानमा पर्न सफल भएको छ । यो फिल्मले व्यावसायिक सफलता प्राप्त गर्नु को साथै अब्ब्ल कथा र अभिनयले पनि दर्शक र आलोचकहरूको ध्यान खिच्न सफल भएको छ। “दायारानी” एक सामाजिक सन्देश दिने फिल्म हो, जसमा एक महिलाको संघर्ष र समर्पणको कथा छ, जसले आफ्नो अधिकार र स्वाभिमानका लागि संघर्ष गर्छ। यस फिल्मको कथा र अभिनयले दर्शकलाई गहिरो रूपमा छुन्छ र फिल्मलाई सांस्कृतिक र सामाजिक रूपमा महत्त्वपूर्ण बनाएको छ।
“दयारानी” को निर्माणमा राम्रो प्राविधिक पक्ष देखिन्छ, जसले समग्र फिल्मको अनुभवलाई अत्यन्त प्रभावशाली बनाएको छ। छायांकन, सम्पादन र संगीतले फिल्मलाई थप आकर्षक बनाएको छ। खासगरी, छायांकनमा प्रयोग गरिएको प्राकृतिक वातावरण र दृश्यहरूले फिल्मलाई एउटा वास्तविकता र जीवन्तता प्रदान गरेको छ। फिल्मको निर्देशन रामेश्वर लामिछानेले गरेका छन्, र पटकथा र कलाकारहरूको प्रदर्शनमा उत्कृष्ट काम गराएका छन्। यस फिल्ममा अभिनेत्रीको भूमिकाले दर्शकलाई धेरै प्रभावित पार्न सफल भएको छ
“दयारानी” ले दर्शक र आलोचकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरेको छ। आलोचकहरूले यसको कथालाई गहिरो र सन्देशपूर्ण मान्यतासहित मूल्याङ्कन गरेका छन्। फिल्ममा प्रस्तुत गरिएका पात्रहरूको संघर्ष र संवेदनशीलता दर्शकलाई जोड्न सफल भएको छ। यो फिल्म व्यावसायिक दृष्टिकोणबाट पनि सफल रहेको छ र यसको व्यापारले पनि राम्रो परिणाम दिएको छ।
हाम्रो २०२४ का उत्कृष्ट १० चलचित्रहरूको सूचीमा ४ औं स्थानमा रहन सफल यस फिल्मको प्राविधिक पक्ष यति आकर्षक नभए पनि, यसको भावना र गहिराईले यसलाई खास बनाएको छ। “दायारानी” एक एस्तो फिल्म हो जसले समाजका समस्याहरूलाई उठाउँदै, त्यसलाई सरल र संवेदनशील तरिकामा प्रस्तुत गरेको छ, जसले सबै उमेर र पृष्ठभूमिका दर्शकलाई आकर्षित गरेको छ।
३. अगस्त्य: च्याप्टर १
हाम्रो २०२४ का उत्कृष्ट १० नेपाली चलचित्रहरूको सूचीमा “अगस्त्य: च्याप्टर १” तेस्रो स्थानमा छ । यो फिल्म नेपाली सिनेमा उद्योगमा एउटा नयाँ दिशा र रोमाञ्चक अनुभवको रूपमा आएको छ। “अगस्त्य: च्याप्टर १” एक शानदार एक्शन थ्रिलर हो जसमा उच्च गुणस्तरीय production र गहिरो कथा प्रस्तुत गरिएको छ। यस फिल्मको कथा, अभिनय, र प्राविधिक पक्षले दर्शकहरूलाई सिनेमाहलमा पुग्न प्रेरित गरेको छ र यसले नेपाली सिनेमा दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको एक्शन पस्किएको छ।
फिल्ममा प्रयोग गरिएको भि.एफ.एक्स., छायांकन र सम्पादनले यसलाई बडे पर्दामा हेर्न योग्य बनाएको छ। यस फिल्मको निर्देशकको रूपमा
Saurav Chaudharyले अत्यन्त सफा र प्रभावशाली तरिकामा कथा प्रस्तुत गरेका छन्। फिल्मको छायांकनले दर्शकलाई एक अनौठो र आकर्षक दुनियाँमा लैजाने काम गरेको छ। विशेष प्रभाव र सीनहरूको डिज़ाइन, जसले चलचित्रलाई अझ रोमाञ्चक बनाउँछ, यसलाई नेपाली सिनेमा क्षेत्रमा नयाँ स्ट्यान्डर्ड सेट गरेको छ। अभिनय पक्षमा मुख्य पात्रको भूमिका निभाएका कलाकारले आफ्नो भूमिका उच्च स्तरमा निभाएका छन्, जसले फिल्मलाई अझ यथार्थ र प्रभावशाली बनाएको छ।
“अगस्त्य: च्याप्टर १” को समीक्षा समग्रमा सकारात्मक आएको छ। आलोचकहरूले यसका प्राविधिक पक्ष, विशेष प्रभाव, र फिल्मको गहिरो कथालाई प्रमुख रूपमा उजागर गरेका छन्। फिल्मका एक्शन सीनहरू, जसले एक नयाँ प्रकारको रोमाञ्चकता ल्याएको छ, दर्शकहरूले निकै मन पराएका छन्। यद्यपि, केही आलोचकहरूले फिल्मको गति र कथाको कतिपय भागमा सुधार गर्नुपर्ने कुरा उठाएका छन्। यसको व्यापारिक सफलता र आम दर्शकद्वारा प्राप्त गरेको सकारात्मक प्रतिक्रियाले यसलाई नेपाली सिनेमा उद्योगको एक प्रमुख फिल्म बनाएको छ
“अगस्त्य: च्याप्टर १” लाई २०२४ का उत्कृष्ट १० चलचित्रहरूको सूचीमा तेस्रो स्थानमा राख्नुको कारन यस फिल्मको प्राविधिक पक्ष र नवीनता हो। “अगस्त्य” ले नेपाली फिल्म उद्योगलाई नयाँ क्षितिजमा पुर्याउन सफल भएको छ, जहाँ यसले थ्रिलर र एक्शन शैलीमा नयाँ प्रयोगहरू देखाएको छ। यद्यपि, यो फिल्म अझै पूर्ण रूपमा परिपूर्ण छैन, तथापि यसको विशेष प्रभाव र अनौठो कथा यसलाई उत्कृष्ट बनाउँछ। यसैले हामी यसलाई ३ औं स्थानमा राख्दै २०२४ का उत्कृष्ट फिल्महरूको सूचीमा समावेश गरेका छौं।
२. पुर्ण बहादुर को सारङ्गी
यदि तपाईंले २०२४ मा कुनै नेपाली सिनेमा छुटाउनु भएको छ भने, “पुर्ण बहादुर को सारङ्गी” त्यो लिस्ट्मा नपरोस। परिवारका सदस्यहरूको लागि एकदमै उपयुक्त बनेको यो फिल्मले हरेक उमेर समूहका दर्शकहरूको मन जितेको छ। सिनेमा हलमा यो फिल्म बारम्बार धेरै हप्ता लगातार चलिरहेको र यसको कमाईले यसलाई सबैभन्दा ठूलो हिट फिल्म बनाएको । हामी यसलाई २०२४ को हाम्रो शीर्ष १० नेपाली फिल्महरूको सूचीमा नम्बर २ मा राखेका छौं।
“पुर्ण बहादुर को सारङ्गी” को निर्माण सँगै यसको निर्देशन, सिनेमाटोग्राफी र सम्पादन उच्च स्तरीय छन्। फिल्मको कथा गाउँ जीवन र त्यहाँका सामाजिक समस्याहरूलाई केन्द्रमा राखेर तयार गरिएको छ, जसले यसलाई धेरै वास्तविक र रिलेट गर्न सकिने बनाएको छ। सिनेमाटोग्राफीले नेपाली गाउँको प्राकृतिक सौन्दर्यलाई उजागर गरेको छ। फिल्ममा संगीत र ध्वनि प्रयोग पनि प्रभावकारी छन्, जसले कथा र पात्रहरूको भावना उजागर गर्न मद्दत गरेको छ। समग्रमा, यो फिल्म एउटा सशक्त, सृजनात्मक र भावनात्मक कनेक्शन बनाउने काममा सफल भएको छ
“पुर्ण बहादुर को सारङ्गी” ले दर्शक र समीक्षकहरूबाट व्यापक सराहना प्राप्त गरेको छ। फिल्मका प्रमुख पात्रहरूको अभिनय विशेष गरेर सराहना गरिएको छ, र विशेषत: बिजय बरालको प्रस्तुति अत्यन्तै उत्कृष्ट मानिएको छ। उनले फिल्ममा गहिरो भावना र सशक्त व्यक्तित्वको चित्रण गरेका छन्। समीक्षकहरूले पनि यसको सन्देश र सामाजिक मुद्दामा गहिरो सोच र प्रभावको प्रशंसा गरेका छन् ।
यो फिल्म नेपाली गाउँ जीवनको साँचो चित्रण गर्दछ, जहाँ एक वृद्ध व्यक्ति, पुर्ण बहादुर, आफ्नो परिवार र समाजका लागि अपार त्याग र संघर्ष गर्दै एक सारङ्गी (संगीत वाद्य) को माध्यमबाट आफ्नो अस्तित्व र परम्परालाई जिवित राख्छ। यसको कथा केवल एक पुरुषको संघर्ष मात्र नभइ, नेपाली संस्कृतिका जरा र एकताका विषयमा पनि प्रगाढ सन्देश दिन्छ। फिल्मले देखाएको पारिवारिक सम्बन्ध र त्यसमाथि आएको सामाजिक परिवर्तनको प्रभावले दर्शकलाई अत्यधिक भावुक बनाउँछ। यो फिल्मले परिवारहरूलाई एक ठाउँमा ल्याउने क्षमता राखेको छ, जसले गर्दा यो वर्षको सबैभन्दा मन परिएका र चर्चित फिल्महरू मध्ये एक बनेको छ।
१. शाम्बाला
शम्बलाले आफूलाई यस वर्षको उत्कृष्ट चलचित्र मात्र नभई सर्वकालीन उत्कृष्ट नेपाली चलचित्रको रुपमा पनि स्थापित गरेको छ ।अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाएको “शाम्बाला” ले आफ्नो गहिरो कथा र organic र realistic अभिनयका कारण नेपाली फिल्म जगतमा महत्त्वपूर्ण स्थान प्राप्त गरेको छ। यस चलचित्रले नेपाली दर्शकहरू सामु मात्र नभइ अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। यही कारण हामी यस यस चलचित्रलाई २०२४ को हाम्रो शीर्ष १० फिल्महरूको सूचीमा नम्बर १ मा राखेका छौं।
८ वर्ष को तयारि र १५ करोडको महत्वाकांक्षी परियोजना बनेको यस चलचित्रले बर्लिन फिल्म फेस्टिभल र लोकार्नो फिल्म फेस्टिभल जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सेलेक्ट भएको थियो । यसको सशक्त कथाले रचनात्मकता र वास्तविकताले यो फिल्मलाई धेरैले मनपराएको छ। आर्टमूभिको श्रेणी दिइएको यस फिल्मले नेपाली सिनेमा र यसको कथाहरूलाई प्रस्तुत गर्न एक नयाँ दिशा दिएको छ।
मिन बहादुर भामको मेहनत फिल्मको प्रत्येक पङ्क्तिमा स्पष्ट देखिन्छ। जबकि मुख्य कलाकार थिन्ले ल्हामो आफ्नो भूमिकामा प्राकृतिक र निर्दोष देखिएकी छिन् ।यसको सिनेमाटोग्राफी एकदम उत्कृष्ट छ र स्थान चयनले यसको वातावरणलाई निकै वास्तविक र आकर्षक बनाएको छ। न्ह्यो बज्राचार्यको ध्वनि डिजाईन र संगीत पनि फिल्ममा धेरै प्रभावकारी छन्, जसले दर्शकलाई फिल्मको भावनामा गहिरो डुबाइ दिन्छ।
दर्शकहरूले “शाम्बाला” लाई अत्यधिक सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्मको कथा र दृश्यहरू। उनी यस फिल्ममा आफ्नो पात्रलाई जीवित बनाउनमा सफल भएकी छिन्, जसले फिल्मको सम्पूर्ण अनुभवलाई बढाउँछ। समीक्षकहरूले पनि यस फिल्मको अभिनय, निर्देशन र सिनेमाटोग्राफीको उच्च प्रशंसा गरेका छन्र
यो फिल्म नेपाली सिनेमा जगतको एक नयाँ युगको शुरुवात हो। यसको गहिरो कथा, प्राविधिक उत्कृष्टता, र अभिनयका लागि यसले आलोचक र दर्शकहरूको दुवै तर्फबाट अत्यधिक सराहना पाएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमा को पहिचान बनाउन मद्दत गरेको छ र नेपाली चलचित्रको भविष्यका लागि एउटा प्रेरणा बनेको छ। “शाम्बाला” न केवल नेपाली फिल्म उद्योगको लागि, तर सम्पूर्ण दक्षिण एशियाका लागि एक महत्वपूर्ण उपलब्धि हो, र यही कारणले यसलाई हामीले २०२४ को सर्वश्रेष्ठ फिल्मको रुपमा चयन गरेका छौं।