नेपाली संगीत क्षेत्र, २०२४ मा एक सफल वर्ष रह्यो। यो धेरै गायकहरूको सफलताको लागि यो एक उत्कृष्ट वर्ष थियो। यो वर्ष हामीले नेपाली संगीत क्षेत्रमा धेरै नयाँ गायकहरू फस्टाएको देख्यौं, केहीले विगतका वर्षहरूबाट गति लिए र केही पुराना गायकहरूले पुनरागमन गरे ।सामाजिक सञ्जालमा चर्चा, कन्सर्टहरूको भीड, र प्रभावशाली गीतहरूले २०२४ लाई नेपाली संगीतको स्वर्णिम वर्ष बनायो। आजको यो लिस्टमा हामी २०२४ मा सबैभन्दा सफल भएका शीर्ष १० नेपाली गायकगायिकाहरू प्रस्तुत गर्नेछौं।
१०) स्वप्न सुमन
स्वप्न सुमनले २०२४ मा नेपाली संगीतमा आफ्नो प्रभावलाई अझ मजबुत बनाउँदै ठूलो लोकप्रियता हासिल गरे। उनका “आश्वसन” र “नियाली हेर” जस्ता गीतहरू ले श्रोताहरूको मन जिते, जसमा प्रेम, वेदना, र जीवनका सुन्दर पक्षहरूलाई गहिरो रचनात्मकताका साथ प्रस्तुत गरिएको थियो। उनका गीतहरूले केवल श्रोताहरूको भावनालाई छोएनन्, सामाजिक सञ्जालमा पनि व्यापक ट्रेन्ड बनाए। विशेष गरी युट्युब, स्पोटिफाइ, र टिकटक जस्ता प्लेटफर्ममा उनका गीतहरूले ठूलो उपस्थिति जनाए।
उनका प्रशंसकहरूले उनको गायकी र श्रोताहरूसँगको आत्मीय सम्बन्धको खुलेर प्रशंसा गरे। स्वप्न सुमनले आफ्नो संगीतलाई नयाँ उचाइमा पुर्याउँदै पप र भावनात्मक संगीतमा नयाँ दिशा लिएका छन्। उनी २०२४ मा सबैभन्दा चर्चित गायकहरू मध्ये एक थिए, त्येसैले सुमनलाई २०२४ का शीर्ष १० लोकप्रिय नेपाली कलाकारहरूको सूचीमा १० नम्बरमा राखेका छौं।
९) एकदेव लिम्बू
वर्षौंको संघर्षपछि एकदेव लिम्बुले अन्ततः आफूले पाउनुपर्ने लोकप्रियता पाएका छन् । यो वर्ष उनले सामाजिक सञ्जालमा र विभिन्न मिडियाहरुमा चर्चा पाए। उनको “झिम झिम आउने आखा” शीर्षकको गीतको सफलता पछि उनको लोकप्रियता चरम सीमामा पुगेको छ र उसलाई वर्षको लोकप्रिय गायकको रूपमा स्थापित गर्न मद्दत गरेको छ।
हाम्रो “२०२४ का शीर्ष १० नेपाली कलाकारहरू” को सूचीमा नौ नम्बरमा स्थान बनाउन सफल एकदेव लिम्बुको अनोखी शैली र ऊर्जाले संगीतप्रेमीहरूलाई विभिन्न उमेर समूहका श्रोताहरूलाई आकर्षित गर्न सफल भएको छ। उनको गीतहरू ट्रेन्डिङमा आउनुका साथै सामाजिक सञ्जालमा भाइरल समेत भए। युट्युबमा लाखौं भ्यूज र स्पोटिफाइ जस्ता प्लेटफर्महरूमा उच्च स्ट्रिमिङ संख्या सहित उनले नेपाली संगीतमा महत्वपूर्ण योगदान दिए र आफुलाई एक प्रभावशाली कलाकारको रूपमा स्थापित गरे।
८) पूर्ण राई
२०२४ मा, पूर्ण राईले नेपाली संगीतमा नयाँ उचाइ हासिल गरेको छ, र उनलाई हाम्रो “२०२४ का शीर्ष १० लोकप्रिय कलाकारहरू” को सूचीमा आठौँ नम्बरमा राखेका छौं। उनको शक्तिशाली आवाज र आकर्षक प्रदर्शनहरूले उनलाई संगीतप्रेमीहरूमा विशेष पहिचान दिलाएको छ। उनका हिट गीतहरू “स्पर्श संगीत” र “कालो सेतो,” तत्कालै मन पराइए, र आकर्षक रिदम र अर्थपूर्ण शब्दहरूले सबै उमेरका श्रोतासँग कनेक्ट भए । उनका गीतहरूले जीवन, माया र भावना समेटेका शब्दहरूको कारण पनि महत्वपूर्ण स्थान बनाएका छन्, जसले पूर्ण राईलाई नेपाली संगीत उद्योगमा निकै रुचाइएको छ।
पूर्ण राईको लोकप्रियता २०२४ मा सामाजिक सञ्जालमा तिब्र गतिमा बढेको छ। टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा उनका गीतहरू भाइरल भए, जसले उनका गीतहरूको हाइपमा वृद्धि गर्यो। नेपालका विभिन्न सहरहरूमा उनका कन्सर्टहरू हाउसफुल थिए। उनको तिव्र वृद्धि र नेपाली संगीतमा योगदानले उनलाई एक प्रतिभाशाली गायक मात्र होइन, तर नेपाली संगीतको नयाँ ट्रेन्ड सेट गर्ने कलाकारको रूपमा स्थापित गरेको छ।
७. कुमा सागर
मौलिक र नेचुरल संगीतकै कारण २०२४ मा नेपाली सांगीतिक जगतमा हलचल मच्चाउने गायक हुन कुमा सागर। आधुनिक संगीतसँग पारम्परिक नेवारी प्रभावहरूको अनौठो मिश्रणले उनलाई नेपाली संगीतमा एक फरक धारको गायक बनाएको छ। २०२४ मा रिलिज भएका “रारा तालैमा,” “छहरे सारी,” र “फुर्फुरी” जस्ता गीतहरू कुमालाई निकै लोकप्रियता दिए।
पारम्परिक नेवारी वाद्ययंत्रलाई आधुनिक धुन र रिदमसँग जोडेर उनले नेपाली संगीत दृश्यमा नयाँ आवाज ल्याएका छन्। नेवारी संगीत र भजनहरूको प्रयोगले उनका रचनाहरूलाई एक अनौठो स्वाद दिएको छ। यी कारणगरुले गर्दा उनले पुरानो पुस्ता र युवा श्रोताहरूलाई समान रूपमा आकर्षित गरेका छन्। २०२४ मा उनको सामाजिक सञ्जालमा उपस्थिती अत्यधिक बढेको छ, जहाँ उनका गीतहरू भाइरल बनेका छन् र युट्युब, टिकटक, र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा व्यापक रूपमा सेयर भएका छन् र कुमा सागर हाम्रो “२०२४ का शीर्ष १० लोकप्रिय कलाकारहरू” को सूचीमा सातौँ नम्बरमा पर्न सफल भएक छन्।
६. शान्तिश्री परियार
नेपाली लोक दोहोरी क्षेत्रमा सन् २०२४ मा सबै भन्दा ब्यस्त नाम हुन् शान्ति श्री परियार। सुमधुर आवाज, हृदयस्पर्शी गीतहरू र मोहक मञ्च उपस्थितिले परियारलाई नेपाल भरिनै चर्चामा ल्याएको छ। उनको लोकप्रियतामा योगदान पुर्याउने प्रमुख कारकहरू उनको अद्वितीय शैली, भावनात्मक गहिराइ र स्पष्टता हुन् जस्ले उनलाई अन्य गायकहरूबाट अलग बनाएको छ।
उनी सामाजिक सञ्जाल प्लेटफर्महरूमा सक्रिय रूपमा आफ्ना प्रशंसकहरूसँग संलग्न हुन्छिन्, पछाडिको दृश्य झलक साझा गर्छिन् र आफ्ना अनुयायीहरूसँग अन्तर्क्रिया गर्छिन्। अन्य लोकप्रिय कलाकारहरूसँगको सहकार्यले पनि उनलाई व्यापक दर्शक वर्गमा पुग्न मद्दत गरेको छ। शान्ति श्री परियारको बढ्दो लोकप्रियता उनको प्रतिभा र कडा परिश्रमको प्रमाण हो। उनले नेपाली लोकदोहोरि संगीतमा महत्वपूर्ण योगदान पुर्याएकी छिन् र हाम्रो लिस्टको नम्बर छ मा पर्न सफ्ल भएकी छिन।
५. भीटेन
२०२४ मा VTEN अझै पनि नेपाली हिप-हप जलगतको सबैभन्दा ठूलो नामहरू मध्ये एक हुन्। अगाडिको बर्ष जस्तै २०२४ मा ठूलो हिट गीत रिलिज नगरे पनि उनले नेपाली हिप-हपमा आफ्नो प्रभाव र लोकप्रियता कायम राखेका छन्। यसले उनको नेपाली हिप-हपमा गहिरो र दिगो प्रभाव देखाउंछ। अनफिल्टर्ड अन्तर्वार्ता, इमानदार राय र सीधा मनोवृत्तिको लागि परिचित VTEN धेरै अन्तर्वार्ता, पोडकास्ट र समाचारहरूमा देखियो, जसले उनलाई 2024 मा रेलिभेन्ट बनाएको छ।
यो वर्ष उनले “डोन्ट जज मी”, “रेडी मी” र “पख पख” जस्ता गीतहरू लिएर आएका थिए, जसलाई लाखौंले हेरेका थिए, तर अझै पनि उनका पुराना गीतजस्तै यी कुनै पनि गीत भाइरल भएनन् । उनका गीतहरू, २०२४ मा त्येति ठूलो हिट नभएता पनि, अझै पनि उनले फ्यानहरुको माया पाएका नै छन्, जसले उनलाई नेपाली हिप-हपको प्रतीक बनाएको छ। उनको निरन्तरता, सामाजिक चेतना र नेपाली हिप-हप संस्कृतिलाई अघि बढाउनको लागि गरेका प्रयासहरूले उनलाई प्रभावशाली राखेको छ। उनका अघिल्ला कामहरू अझै पनि सराहना गरिन्छ, र उनी नेपाली र्यापको भविष्य निर्माण गर्न एक महत्वपूर्ण पात्र हुन् र हाम्रो लिस्टको नम्बर ५ मा छन।
४. सज्जनराज वैद्य
२०२४ मा, सञ्जन राज वैद्य अझै पनि नेपालका सबैभन्दा प्रिय पप स्टारहरूमध्ये एक हुन्। उनको भावपूर्ण आवाज र सरल शब्दहरूले उनलाई युवतीहरू बीच विशेष रूपमा प्रिय बनाएको छ, जो उनको संगीतमा रहेका भावनात्मक गहिराइलाई प्रशंसा गर्ने गर्छन्। यो बर्ष सञ्जनले एक्सपेरिमेन्ट गर्दै “१९८१” र “घुमीफिरि” जस्ता नयाँ स्वादका गीतहरु ल्याए तर विगतका बर्ष जस्तो ठूलो हिट भने दिएनन। यद्यपि सञ्जनको लोकप्रियता भने अडिग छ।
बरु उनी यो वर्ष कन्सर्टमा बढी सफल भए । उनका सबै आधिकारिक कन्सर्टहरू हिट भएका थिए र उनका फ्यानहरू उनको शोमा उपस्थित हुन अत्यधिक मूल्य तिर्न पनि तयार थिए। उनी कन्सर्टहरूमा उत्कृष्ट वातावरण सिर्जना गर्दै आफ्नो फ्यान हरुसँग जोड्न सफल भए। । उनको निरन्तरता, स्टेज उपस्थिती, र प्रशंसकहरूसँगको क्रेजले उनलाई हाम्रो “२०२४ का शीर्ष १० नेपाली गायकगायिकाको लिस्टमा नम्बर ४मा राखेका छौं।
३. जोन चाम्लिङ राई
२०२३ देखि आफ्नो अद्वितीय उदयसँगै नेपाली संगीत उद्योगमा चर्चामा आएको जोन चाम्लिङ राई, २०२४ सम्म आईपुग्दा आफूलाई नेपालको एक प्रमुख गायकको रूपमा स्थापित गरेका छन्। उनको भावपूर्ण आवाज र विनम्र स्वभावले हजारौंको मन जितेको छ, विशेष गरी युवा पुस्तामा। उनका गीतहरूले श्रोताको भावनासँग गहिरो सम्बन्ध बनाएका छन्। “निहिता”, “हावा सारी”, र “के गरु” जस्ता गीतहरूले उनलाई यस वर्षको शीर्ष ३ लोकप्रिय गायकहरूको सूचीमा राख्नमा महत्वपूर्ण भूमिका खेलेका छन्।
यी गीतहरूले उनका भावना, कथा र संगीतको अद्वितीय मिश्रणलाई प्रस्तुत गरेका छन्, जसले उनलाई एक प्रतिभाशाली र बहुमुखी कलाकारको रूपमा स्थापित गरेको छ। जोनका कन्सर्टहरू पनि नेपालभर र नेपाली डायस्पोरामा अत्यन्त सफल भएका छन्। उनका फ्यानहरू उनको वास्तविकता र ईमानदारीको लागि पनि तारिफ गर्छन र उनलाई स्टेजमा र बाहिर दुबै स्थानमा एउटै पाउँछन्। २०२४ मा उनको क्यारियर थप वृद्धि भएको छ, र आउने बर्षमा जोनलाई हामी अझ पनि सफल भएको देख्न सकछौं।
२. प्रकाश सपुत
प्रकाश सपुत नेपाली सांगीतिक क्षेत्रमा निरन्तर चल्ने नाम हुनुका साथै लोकदोहोरी सुन्ने फ्यानबेस मध्ये एक हार्टथ्रोब नै हुन ।२०२४ मा पनि नेपाली लोक दोहोरी संगीत क्षेत्रमा आफ्नो गहिरो आवाज, प्रभावशाली शब्द र सांस्कृतिक उपस्थितिका साथ अझै पनि प्रमुख स्थानमा छन्। यस वर्ष उनको “मुटु कटक्कै” जस्ता ट्र्याकहरूले अत्यधिक सफलता पाए र उनका श्रोताहरूले उनको स्वर र शब्दहरूको प्रसस्तै प्रशंसा गरे।
२०२४ मा प्रकाश सापुतको नेपाली लोक दोहोरी संगीतमा प्रभाव अझै बढ्दै गएको छ। उनी विभिन्न गायक र संगीतकारहरूसँग सहकार्य गर्दै आफूलाई मिडियामा भर्पुर ओपस्थिति जनाए।
संगीत करियर बाहेक, प्रकाशले अभिनयमा पनि कदम राखेका छन्। यो बर्ष उनलाई म्युजिक भिडियो र चलचित्रमा पनि देख्न पाइयो। प्रकाशले नेपालको इतिहासकै सबै भन्दा व्यावसायिक रुपमा सफल चलचित्र “पूर्ण बहादुर को सारंगी” मा अभिनय गरेर आफ्नो पहुँच बढाएका छन्। यसले उनलाई थप प्रसिद्ध बनाएको छ र नेपाली संगीतमा मात्र नभइ नेपाली सिनेमा क्षेत्रमा पनि उनको स्थिति मजबुत बनाएको छ। अभिनयमा उनको विस्तारले उनलाई अझ बढी लोकप्रियता दिदै उनलाई नेपाली संगीत क्षेत्रको एक प्रमुख प्रभावशाली कलाकारको रूपमा स्थापित गरेको छ । प्रकाश हाम्रो “२०२४ का शीर्ष १० नेपाली गायकगायिकाको लिस्टमा नम्बर २ मा पर्न सफल भएको छ।
१. सुशान्त केसी
विगतको ५-६ बर्ष देखि सुशान्त केसी नेपाली संगीत क्षेत्रका सबैभन्दा लोकप्रिय र ब्य्स्त गायक मध्ये एक हुन। २०२४ मा पनि निरन्तर रुपमा हिट माथि हिट दिदै सुशान्त केसी हाम्रो लिस्टको नम्बर १ मा आफ्नो ठांउ बनाउन सफल भएको छ। यो बर्ष रिलिज भएका उनका “बार्दली” र “पर्ख न” जस्ता गीतहरू भाइरल हिट हुदै सामाजिक मिडिया प्लेटफर्महरूमा हप्तौंसम्म ट्रेन्ड भए । उनको गीतहरुले अनगिन्ती कभर र फ्यान भिडियोहरू पनि उत्पन्न गरे यसले उनको लोकप्रियतामा थप इन्क्रिमेन्ट ल्याएको छ।
आफ्नो गीत आफै लेख्ने र गाउने सुशान्त केसी आफ्नो श्रोतासँगको सम्बन्ध बनाउंदै निरन्तर रुपमा नयां श्रोता बनाउन पनि माहिर छन। उनको “क्या कर्दिया” शीर्षकको हिन्दी गीत पनि ठूलो हिट भयो र उनलाई भारतबाट धेरै नयाँ प्रशंसक र फ्यानहरू प्राप्त गर्न मद्दत गर्यो। सुशान्तको बहुप्रतिभा र मिलनसार स्वोभावको कारण उनलाई मिडियामा एक प्रमुख कलाकारको रूपमा स्थापित गरेको छ। उनले ठूला ब्रान्डहरूसँगको पनि सहकार्यले गरेकोले उनको नेट वर्थमा महत्वपूर्ण वृद्धि ल्याएको छ, र उनका प्रवर्धन सम्झौताहरू अझै बढ्दै गएका छन्।
यसको परिणामस्वरूप, सुशान्त केसी नेपाली मनोरञ्जन उद्योगमा सबैभन्दा बढी कुरा हुने व्यक्तित्व मात्र नभइ उच्च-आय भएका नेपाली कलाकार पनि बनेका छन्। उनको आर्थिक सफलता र व्यापक पहिचानले उनलाई २०२४ को निर्विवाद नम्बर एक नेपाली गायक बनाएको छ।