10 times foreign leaders humiliated Nepal

१० पटक जब विदेशी नेताहरूले नेपाललाई अपमानित गरे | Ten Times When Foreign Leaders Humiliated Nepal

Politics

नमस्कार साथीहरू! स्वागत छ हाम्रो च्यानल Top Entertainment Nepal मा! आजको विषय अलि चासो लाग्दो छ,  हामी संगै बस्नुस् होला।

अन्तर्राष्ट्रिय सम्बन्ध सामान्यतः कूटनीति र आपसी सम्मानमा आधारित हुन्छ, तर कहिलेकाहीं कुरा अलि ‘आउट अफ ह्याण्ड’ जान्छ। आज त्यस्तै १० घटनाबारे कुरा गरौं जहाँ विदेशी नेताहरूले नेपाललाई लज्जित पार्ने काम गरे! 

१. २०२५ मा अमेरिकाले सहायता रोक्दा

२०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि सम्पूर्ण विदेशी सहायता रोके, जसले गर्दा नेपालको ठूला अमेरिकी परियोजनाहरू (जस्तै MCC) ह्याल्ट भए। USAID को वैदेशिक सहायता हाम्रो राष्ट्रिय बजेटको प्राथमिक स्रोत मध्ये एक थियो। त्यसैले सहायतामा अचानक रोक लगाउँदा नेपालमा ठूलो प्रभाव परेको छ।  

अझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ठगीको संज्ञा दिएका पछि नेपालमा हल्चल नै मच्चिएको छ। यो नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा बेइज्जति नै हो। हाम्रा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल ‘के गर्ने अब?’ भन्दै टाउको समात्न बाध्य भए!  विदेशी निर्णयले यति छिट्टै असर पार्छ भन्ने प्रमाण यही थियो।

२. लिपुलेक सम्झौतामा नेपाललाई ‘देखेन’ भारत र चीनले!

२०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले लिपुलेक पास प्रयोग गरेर व्यापार गर्ने सम्झौता गरे। समस्या? नेपाललाई सोध्नै भुलेछन्!  प्रधानमन्त्री सुशील कोईराला, ‘अनि हाम्लाई चैं खै राखेको त?’ भन्दै भारत र चीनसँग आपत्ति जनाइरहनु भयो।

भारत र चीनले भर्खरै आफ्नो सम्बन्ध सामान्य बनाएका छन् र यो परियोजना फेरि खोल्ने योजनामा ​​छन्। तर नेपालले बसेर हेर्नुभन्दा केही गर्न सक्दैन भनेर सबैलाई ग्यात छ।

३. २००७ मा भारतीय गुप्तचर प्रमुखको चलखेल

२००७ मा भारतको ‘RAW’ प्रमुख अशोक चतुर्वेदीले नेपालको राजनीतिको भित्री खेल खेल्न खोजेको खबर आयो। प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालामाथि भारतीय कम्पनीहरूलाई फाइदा हुने निर्णय गर्न दबाब आएको कुरा बाहिरियो। ‘सार्वभौमिक राष्ट्र भनेकै के हो त?’ भन्ने प्रश्न उठ्यो!

RAW ले देशको हित भारतसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्दै नेपालको राजनीतिक निर्णयलाई प्रभाव पार्न कार्यमा संलग्न भए पनि नेपालले भने केहि गर्न सकेन। 

४. MCC विवाद—सहायता कि स्वामित्व?

अमेरिकी सहायता परियोजना MCC नेपालले २०१७ मा साइन गर्‍यो, तर नेपाली जनताले ‘यो सहायता हो कि कब्जा?’ भन्ने प्रश्न गर्न थाले। प्रचण्डजीले भन्नुभयो— “संघीय संसदमा छलफल गर्नु पर्छ!” तर देशभर विरोध प्रदर्शन भइरहे। 

५० करोड अमेरिकी डलर मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदानमा नेपाली राजनीतिक नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्न बाध्य हुन्छु भनेर विदेश मन्त्रालयका डोनाल्ड लुले त नेपाललाई थर्काएर नै गए। अहिले आएर अमेरिकाले दिएको सहायता आफैंमा समस्या बन्ला भन्ने कस्ले सोचेका थिए? 

५. २०२४ मा चीनले गफ धेरै, काम कम गर्‍यो!

२०२४ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन गएर बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत ठूला लगानीका कुरा गरे। सी जिनपिङले ठूल्ठूला आश्वासन दिए तर कार्यान्वयन भने ‘सात समुद्रपारि’ पुग्यो!

चीनले हामीसँग खेलौना जसरि treat गरेको थियो वा अन्य शक्तिहरू खेलमा आएर कुरा बिग्रिएको थियो भन्ने कुरा अहिले सम्म प्रस्ट भएको छैन। 

६. २०२० मा चीनले सीमा मिच्यो?

२०२० मा समाचार आयो कि चीनले हुम्लामा १५० हेक्टर नेपाली भूमि कब्जा गर्‍यो। सरकार ‘हो कि होइन’ भन्नेमा अलमल पर्यो, र चीनलाई केहि प्रतिक्रिया दिन पनि डरायो। तर जनता चाहिँ ‘नयाँ नक्सा बनाएरै भएपनि भूमि फिर्ता ल्याउँछौं!’ भन्दै सडकमा ओर्ले। 

७. २०१५ मा भारतको ‘अनौपचारिक’ नाकाबन्दी

नेपालले नयाँ संविधान जारी गरेपछि भारतले असन्तुष्टि जनाउँदै ‘अनौपचारिक नाकाबन्दी’ लगायो। पेट्रोल, ग्यास, औषधी केही पनि आएन! प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई सम्बोधन गर्दै ‘यो मानवीय संकट हो!’ भने। नेपालीहरू भने ‘अब चीनतिर ग्यास ल्याउने हो’ भन्दै india back out भन्ने नारा लगाउन थाले! 

भारतले आफ्नो कार्यको कुनै सजाय पाएन, न त कुनै विदेशी शक्तिले यसको विरुद्धमा केही बोल्यो नै। यो भन्दा अपमानजनक के हुन सक्छ ?

८. २००५ मा राजा ज्ञानेन्द्रको कदम र अन्तर्राष्ट्रिय झट्का

राजा ज्ञानेन्द्रले २००५ मा प्रत्यक्ष शासन लिएपछि अमेरिका, बेलायत, भारतलगायतका देशले सहायता रोके। ‘अब के गर्ने?’ भन्दै नेपाली जनता अलमलमा परे। राजाले भने, ‘मैले जे गरें, ठीक गरें!’ भन्दैआफ्नो शासन मजबुत पारे। अन्तर्राष्ट्रिय समुदाय भने—‘हाम्रो पैसा चाहिन्छ भने लोकतन्त्र चाहिन्छ!’ भन्दै राजा हटाउन देखि संविधान ल्याउनु सम्म आफ्नो स्वार्थको लागि समर्थन गरे।  

तर अहिले आधा देशले राजालाई सत्तामा फर्काउन माग गरिरहेको छ । के नेपाल मन्दिर को घंटा हो र जो आए पनि बजाएर जाने ?

९. १९८९ को भारतद्वारा लगाइएको नाकाबन्दी

सन् २०१५ मा भारतले हामीलाई नाकाबन्दी गरेको पहिलो पटक थिएन। १९८९ मा भारतीय प्रधानमन्त्री राजीव गान्धीले नेपालको राजनीतिमा दबाब दिन नाकाबन्दी लगाए। त्यसबेला राजा वीरेन्द्रले ‘नेपालले कहिल्यै विदेशी दवाव स्वीकार्ने छैन!’ भने तर पेट्रोल, ग्यास, औषधी सब चुक! 

ठूला अन्तर्राष्ट्रिय शक्तिहरूले यसबारे कुरा गरेनन् र फेरि भारतले हामीलाई अपमानित गर्न सक्षम भयो। राम्रो कुरा चांहि नेपाली जनता भने ‘बाल हो, भन्दै साइकल किन्न थाले! नराम्रो कुरा चांहि धेरै छ। भारतले नेपाललाई पटक पटक हेपि नै रहेको छ। 

१०. १९६९ मा भारतीय चेकपोस्ट हटाउने नाटक

सन् १९६७ को भारत-चीन युद्धमा भारतले नराम्ररी पराजय बेहोर्यो।  चीनको सीमामा नजर राख्न भनेर भारतीय सेनाले नेपालको केही भूभाग अवैध रूपमा कब्जा गरे। राम्रो संग request गर्दा पनि नमाने पछि प्रधानमन्त्री कीर्तिनिधि बिष्टले १९६९ मा भारतका चेकपोस्ट हटाउन लगाए। इन्दिरा गान्धीले मान्न त माने, तर नेपाली भूमि कसरी प्रयोग गर्ने भन्ने भारतकै निर्णयमा थियो! 

त्यो बेला नेपालीहरू ‘सार्वभौमिकता भनेकै भारतलाई सोध्ने कुरा हो?’ भन्दै सरकारलाई घच्घच्याउन थाले। तर भारतले लिपुलेक र लिम्पिधुरा जस्ता नेपाली भूमि ओगटेनन् मात्र, अहिले आफ्नो भूमि भएको दाबी सम्म गरिरहेको छ। 

यस्ता कैयौं घटनाले नेपाललाई कहिलेकाहीं ग्लोबल स्टेजमा अपमानित गर्‍यो, र यी घटनाहरुले नेपाललाई अझै कमजोर बनाएको छ। विदेशी शक्तिबाट अपमानित नहुन नेपाल बलियो हुनुपर्छ, तर जबसम्म हामी एकजुट भएर भित्रबाट बढ्दैनौं तबसम्म त्यो सम्भव छैन ।

मित्र राष्ट्रसँग सम्बन्ध राम्रो राख्नुपर्छ, तर आत्मसम्मान कहिल्यै बिर्सनु हुँदैन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *