म्युजिक आर्टिस्ट सज्जन राज वैद्य पछिल्लो समयमा नेपालको चर्चित गायक हुन्। उनी नेपाली युवा वर्गमा लोकप्रिय छन् र उनको लोकप्रियता बढ्ने क्रम जारी नै छ। उनको आफ्नै अन्दाज र आफ्नै गीत लेखनले उनलाई आफ्नै छुट्टै पहिचान दिलाएको छ। १९९३ मा जन्मेका सज्जनको जन्म नेपालको काठमाडौँमा भएको हो। उनी अहिले भने अमेरिकाको न्यु न्युयोर्कमा बसोबास गर्छन।
वैद्य जी को टप १० गीतहरु हेरौ है त । उनको धेरै गीतहरु मध्ये, यी हुन् हाम्रो टप १० कलेक्सन:
१०) पर्खाइ
पर्खाइ, मायामा पर्खेर बसेको व्यक्तिको शब्दहरु हो । यसमा बाँसुरीको मिठो तरिकाले प्रयोग गरिएको छ। स्लो बि पि एम को यो गीतमा मेलोडिहरु चाहिँ धेरै किसिमको प्रयोग गरिएको रहेछ। यो गीत पहिलो रिलिज २०२१ म भएको हो, र अहिले सम्म आउदा २ करोड भन्दा धेरैले यो गीत सुनिसकेका छन्। यो गीत राम्रो त छ, तर उनको अरु गीतहरु पनि उतिकै भएकोले हामीले यसलाई १० औ स्थानमा राखेका हौं।
९) फुत्केर जाने जोवन
सारङ्गीको मिट्ठो धुनले यो गीतको मेलोडिलाई नै मिठो बनाइदिएको छ । रिलमा प्रयोग गर्नु भएको छ ? छैन भने प्रयोग गरि हेर्नुन, मज्जाको सींक भएको भेटाउनु हुनेछ। मैले चाहिँ गरे । यो गीत सुन्दै बस्दा कस्तो नोस्ताल्जिक महसुस भयो मलाई । तपाईलाई कस्तो महसुस भयो ? रिलिज भएको दिन देखि अहिले सम्ममा आउदा, २ करोड भन्दा बढीले यो गीत सुनिसकेका छन्। फुत्केर जाने जोवन हाम्रो लिस्टको ९ औ स्थानमा पर्न सफल भएको छ र यसको कारण यसको मेलोडी र लिरिस्क नै हो।
८) ९८४१
रिलिज भएको ३ महिना कट्दा सम्ममा ५५ लाख भन्दा बढीले यो गीत सुनिसकेका छन्। नट अ बिग डिल है? हो, किनभने उनको यो भन्दा बढी भ्युज भएका गीतहरु पनि छन्। यो गीतमा मलिका महतलाई कास्ट गरिएको छ । भिडियो हेर्नु भएको छ भने बुझ्नु हुन्छ, मलिका र सज्जनको केमेष्ट्री कस्तो क्युट देखिएको छ । यो गीतमा एउटा कपलको गज्जबको केमेस्त्री देख्न सकिन्छ। अप बिटको यो गीत सुन्नको लागि मज्जाको नै छ। हालैको गीत र सज्जनबाट नौलो शैलीको भएकोले यो गीत हाम्रो लिस्टको ८ औ स्थानमा रहन सफल भएको छ ।
७) सुन कान्छी
घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर कसलाई दिऊँ यो जोवन । स्वो. बुद्धि कृष्ण लामिछानेको गायन, र कल्यान कुमार कार्कीको लेखनको यो गीत । हो, यो गीतको सार जस्तै छ यो गानाको भाव । भाइब भने यो गीतको मोर्डन र क्याची छ है । सज्जन राज वैद्यको फेरि अर्को नाचुम नाचुम लाग्ने गीत । फेरि चाहिँ किन भनेको भन्दा, उनको प्राय गीतहरु सेन्टिमेन्टल नै हुने गरेको भएकोले हो। यस भिडियोको पात्रलाई कुन केटी रोज्ने भनेर कन्फ्युजन हुन्छ । कठै । सुन्दा मज्जा चाँहि आउँछ है त । शुरुमा सुन्दा त म पनि सुनेको सुनकै भएको थिए । म जस्तै ४ करोड भन्दा धेरैले सुनिसकेका छन् यो गीत । पुरानो शैलीको गीतलाई मोर्डन इस्ताइल संग गज्जबले ब्लेंड गरेको हुँदा यो गीत हाम्रो लिस्टको ७ औ स्थानमा पर्न सफल भएको छ।
६) हतारिँदै बतासिदैँ
यो गीतको मेरो सबैभन्दा फेबरेट पार्ट कुन हो भनुँ ? त्यो हो गितारको इन्त्रो पार्ट । मिहिनेत गरेर मैले पनि सिके अनि त्यो धुन । अनि लिरिक्समा चाहिँ, सिसिरको बतास झै भन्ने पार्ट देखि । अ गुड मेलोडि । अहिले सम्म ५ करोड भन्दा धेरैले यो गीत सुनिसकेका छन्। हतारिँदै बतासिदैँले , मायाको कुनै लिङ्ग हुदैन भन्ने सन्देश दिन्छ। अनि त्यो संगै मायामा गरिएको पर्खाईलाई मुटुमा नै पर्ने गरि गीत र भिडियोले देखाएको छ । यो दुईलाई मध्यनजर गरेर नै यो हाम्रो लिस्टको ६ औ स्थानमा छ।
५) हवाइजहाज
४ करोड भन्दा बढी भ्युज भएको यो गीत रिलिज भएको ८ वर्ष भइसक्यो । मायाले दिने बलको बारेमा सुन्दर रुपमा प्रस्तुत गरेको छ यो गीतले। यदि साच्चिकै कसैलाई माया गरिएको छ भने, कुनै कुराले पनि रोक्न सक्दैन भन्ने यो गीतको सार हो, मृत्युले पनि । र यस गीतमा, एउटा केटोले आफ्नो मायालाई भेट्नको लागि हवाइजहाजको निर्माण गर्छ । अन्तिममा अलिकति टुइस्छ भने चाहिँ छ । त्यसको लागि आफै हेर्नु होला है । रिलिज भएको ८ वर्ष हुँदा सम्म पनि यो गीतले पाएको मायामा कमि आएको भने छैन। र त्यहीँ कारणले यो हाम्रो लिस्टको ५ औ स्थानमा छ।
४) चिट्ठी भित्र
मैले सज्जन राज वैद्यको सुनेको पहिलो गीत यहिँ नै हो । अनि केहि समय सम्मको लागि यो गीत लुपमा रह्यो । यो गीतमा लिरिकल भिडियो प्रयोग गरिएको छ । नेपाली शब्दकोषबाट राम्रा शब्दहरुको प्रयोग भएको छ यो गीतमा भन्दा बेठिक नहोला । ‘ तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ’। अहिले सम्ममा ८ करोड भन्दा धेरैले यो गीत सुनिसकेका छन्। यो गीतको बनावट, लिरिक्स, र भिउज्ले यसलाई हाम्रो ४ औ स्थानमा ठाउँ दिएको छ। प्रतिस्पर्धामा अजै शिर्ष स्थानमा आउन सक्ने निकै नै भाव स्पर्श सङ्गीत चिट्ठी भित्र।
३) सस्तो मुटु
आज भन्दा २ वर्ष अगाडि रिलिज भएको गीत, सस्तो मुटु । लिरिक्समा एकदमै मज्जाको स्टोरीतेल्लिङ्ग पाउन सक्छौँ । कन्सेप्ट चाँहि कस्तो हो भने, यस भिडियोमा अङ्गीवाक्य र रियल लाइफको बीचमा हुने रेआलिटीको बिचको भिन्नता कस्तो हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ। यसलाई एउटा कम्प्लीट स्टोरीमा धेरै नै क्रियटीभ तरिकाले देखाएको छ । अहिले सम्म ८ करोड भन्दा धेरैले यो गीत सुनिसकेका छन्। यसको कन्सेप्ट र दर्शकले देखाएको मायाले गर्दा यो हाम्रो लिस्टको शिर्ष ३ औ स्थानमा छ।
२) मुस्कान
‘तिम्रो अन्तरिक्षमा लैजाउन मलाई पनि तिम्रो छायामा बस्छु तिम्रै चन्द्रमा बनि आकाशै भरिने गरि माया तिमीलाई म गरौंला माया, मात्र तिमी हासिदेऊ’ यो लाइन कतै न कतै गुन्जेको सुन्नु भएको छ ? यहिँ हो गीत। अकस्टीक भर्जन गीत र बाँसुरीको राम्रो फिल । यस गीतमा बाँसुरी सुमित मर्हजनले बजाएका हुन् र गीत लेखन, कम्पेजिसन, प्रोडक्सन, र गाउने सबै सज्जन राज वैद्य । निकै नै मधुर गीत छ यो । अहिले सम्म ५ करोड भन्दा धेरैले यो गीत सुनिसकेका छन्। यस गीतले पाएको स्पट लाइट र बोकेको भाईबले यसलाई हाम्रो लिस्टको २ औ स्थानमा ल्याएर राखेको छ।
१) नगन्य माया
५ करोड भन्दा बढी भ्युज, रिलिज भएको ३ वर्ष भन्दा धेरै , तर अहिले सुन्दा पनि लिरिक्स हित्स द सेम, अर्थात गीतको गहिराई त्यतिकै मात्रामा महसुस हुन्छ । टाढा बसेर गरिएको माया । यो गीत सुन्दै गर्दा, सज्जन राज वैद्यको बढ्दो लोकप्रियता वर्थ इट नै लाग्छ मलाई । के भन्ने ? खोइ। सबै निकै नै भाव पूर्ण र सेन्टिमेन्टल। सज्जन राज बैद्यको मास्टर पिस भन्न मिल्छ यो गीतलाई, र त्यहीँ कारणले यो हाम्रो शीर्ष १ औ स्थानमा पर्न सफल भएको छ। हामीलाई छान्न त निकै नै गाह्रो भयो, किनभने सबै गीत एक सा एक नै छन्। धेरै दुविधाबाट हामीले यो लिस्ट तयार परेका छौ।
तपाईलाई कस्तो लाग्यो ? र तपाईले बनाउनु भएको भए कस्तो हुनेथियो ? भन्नुस है हामीलाई पनि। र यी थिए सज्जन राज वैद्यको हाम्रो टप १० गीतहरु ।