नेपाली भूमि अतिक्रमणप्रति एनआरएनएको भर्त्सना

बार्सिलोना । नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग उद्घाटन गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भत्सर्ना गरेको छ । अन्तर्राष्ट्रिय कानून विपरीत तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै संघले भत्सर्ना गरेको हो। संघका अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने […]

Continue Reading

एनआरएनए स्पेनले सुरु गर्‍यो दोस्रो चरणको राहत वितरण

५ जेठ, बार्सीलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले दोस्रो चरणको राहत वितरणलाई तीव्रता दिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि राहत वितरणलाई सुरु गरेको हो। यसअघि संघले पहिलो चरणमा स्पेनका विभिन्न सहरहरुमा गरी २३० जनालाई खाद्यान्न समाग्रीहरु वितरण गरेको थियो। दोस्रो चरणमा पनि […]

Continue Reading

हामी नेपाल फर्किने जहाजको पर्खाइमा छौं

हिजो घरबाट आमाले म्यासेन्जरमा फोन गर्नुभयो। टेलिफोनमा उहाँले भन्नुभयो “नानी आज आकाशमा हवाईजहाज उडेको देखियो। तिमीहरू त्यसमा आयौ कि भन्ने लागेर फोन गरेको।” “त्यो त जापानी नागरिकलाई पुर्‍याउन गएको जहाज होला आमा” मैले जवाफ फर्काएँ।

Continue Reading

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले आफैं खर्च व्यहोर्नुपर्ने

१६ जेठ, काठमाडौं । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ । क्यानबेरास्थित नेपाली दूताबासले समस्यामा रहेकाहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउन लागिएको भन्दै नाम टिपाउन आग्रह गरेको छ । दूतावासकाअनुसार हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ 

Continue Reading

इटालियन सिरी ए जुन २० देखि फेरि सञ्चालन हुने

१६ जेठ, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको इटालीको फुटबल लिग सिरी ए जुन महिनाको २० तारेखदेखि सुरु हुने भएको छ । इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएका हुन् ।

Continue Reading

ला लिगा : सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी

१६ जेठ, काठमाडौं । ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले जारी सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको बताएका छन् । कोरोनाभाइस महामारीका कारण २०१९/२० को सिजन नै अहिले स्थगित छ । सेभिया र रियल बेटिसबीचको डर्बी खेलबाट जारी सिजन ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको छ ।

Continue Reading

रोनाल्डो र मेसीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाउने खेलाडी

१६ जेठ काठमाडौं । स्वीस टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । कोरोना भाइरस महामारीका कारण पुटबलरहरुको कमाइ घटिरहेका बेला फेडेररले फुटबलका क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीजस्ता खेलाडीलाई पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा फेडेरर १०६.३ मिलियन अमेरिकी डलर आम्दानी गर्दै शीर्ष स्थानमा […]

Continue Reading

हाभार्टको गोलमा लेभरकुजन तेस्रो स्थानमा

१७ जेठ, काठमाडौँ । काई हाभार्टले गरेको एक मात्र गोल मद्दतमा बायर लेभरकुजनले जर्मन बुण्डेसलिगामा फ्राएवर्गलाई पराजित गरेको छ । गएराति भएको एक मात्र खेलमा लेभरकुजन १-० ले विजयी भएको हो । फ्राएवर्गको मैदानमा भउको खेलमा लेभरकुजनका लागि ५४ औं मिनेटमा हाभार्टले गोल गरे ।

Continue Reading

बजेटमा हल संचालकको असन्तुष्टी, भन्छन्–‘आन्दोलनको विकल्प छैन’

नेपाल सरकारले बिहिबार संघिय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटले चलचित्र क्षेत्रको बिषयमा खासै सम्बोधन गरेन । कलाकार संघको भवन बनाउनेदेखि मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने बिषयलाई बजेटले छोयो । तर, कोरोनाका कारण संकटमा परेका चलचित्र भवनहरुको बिषयमा सरकारले बजेटमा कुनै पनि सम्बोधन गरेन । चलचित्र संघले सरकारसमक्ष प्रस्तुत गरेका मागहरुको कुनै पनि सम्बोधन […]

Continue Reading

पाताल लोक’बारे अनुष्का भन्छिन्–‘हामीले समाजको चित्र देखाएका छौ’

बलिउड नायिका अनुष्का शर्माको ध्यान वेव सिरिज निर्माणमा पनि छ । चलचित्र होस् या वेव सिरिज नै किन नहोस्, अनुष्का फरक कथामा ध्यान दिइरहेकी छिन् । तर, उनले निर्माण गरेको वेव सिरिज ‘पाताल लोक’ भने विवादमा आयो । यो सिरिजले नेपाली चेलीको अपमान गरेको भन्दै नेपालमा आवाज पनि उठेको थियो । तर, नायिका अनुष्का शर्माले […]

Continue Reading