१८ जेठ, काठमाडौं । शनिबार बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्नुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो ।
राष्ट्रिय सुरक्षा परिषदको बैठक सकिएपछि शनिबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गर्यो । साथै असार १६ सम्म सीमा नाका एवं हवाइ उडान रोक्ने अनि नाकाहरुमा सुरक्षाकर्मी थप परिचालन गर्ने निर्णयसमेत क्याबिनेटले गर्यो ।